महायज्ञमा सांसद डा. सूर्यनारायण यादवद्वारा २५ लाख बराबरको धातुको मूर्ति स्थापना गर्ने प्रतिबद्धता जाहेर

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , ७ चैत्र ।

विलासिताका साथ मानिसहरूले जीवनयापन गरिरहेको अवस्थामा आध्यात्मिक विचारका साथ महत्त्वपूर्ण सामाजिक कार्यका महायज्ञ गर्नु ठूलो उपलब्धि रहेको बिहीबार रुपनगरमा आयोजित एक कार्यक्रममा प्रतिनिधि सभामा १ नम्बर क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद डा. सूर्यनारायण यादवले बताए ।

श्री पञ्चकन्या धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवम् ऐतिहासिक संगीतमय लिलामय श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञ कञ्चनरुप १२ रुपनगर बस्तीपुर , श्रावणपुरको दिवाकालिन कार्यक्रममा सांसद यादवले सो कुरा बताएका हुन ।

आफू यस क्षेत्रको विकास र जनताको दु:ख सुखमा साथ दिनका लागि सांसद भएको बताउदै यस पर्यटकीय क्षेत्र र पञ्चकन्या विकास प्रतिष्ठानको विकासको लागि पूर्ण रुपमा सहयोग गर्ने बताए ।

महायज्ञमा २५ फिट अग्लो शिवजीको मुर्ति स्थापना गर्न २५ लाख ५ हजार ५ सय ५५ रुपियाँ दान दिने घोषणा समेत गरे ।

सांसद यादवलाई रुपनगर चोकदेखि महायज्ञ सम्म विशेष सम्मानका साथ बाजागाजा सहित स्वागत गर्दै लगिएको थियो ।

त्यसैगरी वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले आफ्नो वार्डलाई नमूना बनाउने प्रतिबद्धता जाहेर गर्दै रु. ५१ हजार १ सय ११ रुपिया दान गरे ।

महायज्ञ मुल आयोजक समितिका संयोजक मदन श्रेष्ठले १ कठ्ठा जग्गा दान गरे ।

लेखा समितिका संयोजक देवनारायण श्रेष्ठले १ लाख ५१ हजार १ सय ५५ , ईश्वरी विकले २५ हजार १ सय २५ , अनिल श्रेष्ठले ११ हजार १ सय ११ , भुपनारायण श्रेष्ठले ११ हजार १ सय ५ , खुवराज र लक्ष्मी श्रेष्ठले ११ हजार ११ , रमेश पोखरेलले १० हजार १ सय , मन्दिप जोशीले ११ हजार १ सय १५ , मैया देवी कोइरालाले २४ हजार २० र खेमराज कोइरालाले १७ हजार २५ रुपियाँको तुला दान गरे ।

सोही अवसरमा १ हजार ८ जना कन्याहरुको पूजा समेत गरिएको थियो ।

कन्या पूजन

महायज्ञमा विश्वविख्यात कथा प्रवक्ता श्री वालयोगेश्वर महाराज ज्यूको मुखारविन्दुबाट कथा वाचन गरि भक्तजनहरुलाई ज्ञान दिनुका साथै नेपालका ख्यातिप्राप्त कलाकारहरुद्वारा सन्देश मुलक नाटक , झाँकी , धार्मिक नृत्य तथा भजनहरु प्रस्तुत गरि भक्तजनहरुलाई मनमुग्द बनाई छमछम नाच्ने बनाएका थिए ।

वालयोगेश्वर महाराज

कला र गलाका धनी बरिस्ठ सञ्चारकर्मी खेमराज रेग्मीले कार्यक्रम सञ्चालन गरेका थिए ।

महायज्ञमा दिनहुँ रुपमा हजारौंको संख्यामा भक्तजनहरु आई दान दिने गरेका छन् । 

पर्यटकीय स्थलको विकास २० देखि ३० फिटसम्मको पित्तलको शिवजीको मुर्ति स्थापना , सामुदायिक भवन निर्माण , एम्बुलेन्स खरिद गर्नका लागि महायज्ञको आयोजना गरिएको पञ्चकन्या विकास प्रतिष्ठानका अध्यक्ष अमर श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com