महिला घेदुङको पहलमा धर्मिहल्फाद्वारा ठण्डी पीडितलाई ब्ल्याङ्केट बितरण

बृजमान तामाङ

बिरेन्द्र बजार, २७ पुस । नेपाल तामाङ महिला घेदुङ अग्निसाईर कृष्णासवरन गाउँपालिका को बिशेष पहलमा धर्मिहल्फा महिला बिकास क्लब सप्तरीद्वारा आईतवार ठ्ण्डी पीडितहरुलाई ब्ल्याङकेट बितरण गरेको छ ।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ चाँदानी चौकमा हेल्प नेपाल नेटवर्क काठमाडौको सहयोग तथा धर्मीहल्फा महिला बिकास क्लब द्वारा आयोजित एक समारोहका बिच ३५ जना ठ्ण्डी पीडितलाई ब्ल्याङ्केट बितरण गरेको हो ।

नेपाल तामाङ महिला घेदुङ अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष सरस्वती गोले तामाङको अध्यक्षता तथा अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीकोको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा ब्ल्याङ्केट बितरण गदै अध्यक्ष चौधरीले सरकारले गर्नुपर्ने काम धर्मिहल्फाले गरेको भन्दै प्रशंसा गरे । उनले बिपदको घडिमा ब्ल्याङ्केट सहयोगले ठ्ण्डी पीडितहरुलाई ठूलो राहत मिल्ने भएकोले निरन्तरतामा जोड दिए ।

धर्मीहल्फा महिला बिकास क्लबका अध्यक्ष समाजसेवी ईन्जिनियर सुर्य नारायण यादवले ठ्ण्डी पीडितहरुको सेवामा समर्पित हुनु पाउँदा खुशी लागेको बताए । कार्यक्रमको बारे प्रकाश पार्दै यादवले बिपदको घडीमा क्लबद्वारा पीडितहरुलाई सहयोग गर्दै आएको जानकारी गराए ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले ठ्ण्डी पिडितको राहत र उद्वारकार्यमा जुटेको भन्दै तामाङ महिलाकोलाई धन्यवाद दिए । तामाङ्ले समाजमा हुने बिकृतीलाई न्युनिकारण गर्दै समाज सुधार गर्ने कार्यमा सक्रिय रहन आग्रह गरे ।

ईलाका प्रहरी कार्यालय महुलीका ईन्चार्ज प्रहरी नायब निरीक्षक प्रशान्त प्रसाद प्रसाईले ब्ल्याङ्केट बितरण संगै कार्यक्रमले जाडो बाट जोगिन न्यानो कपडा लगाउनुपर्ने र ततो सामाग्रीको प्रयोग गर्नुपर्ने संदेश दिएको बताए ।

चाँदानी चौक स्थित महिला घेदुङको कार्यालयमा आयोजित कार्यक्रममा अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर २ का वडा सदस्य श्रीकुमारी चौधरी, नेपाल आदिवासी जनजाति महासंघ अग्निसाईर कृष्णासवरन गाउँकालिका उपाध्यक्ष श्याम कुमार चौधरी, नेपाल तामाङ घेदुङ अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष सन्जमान तामाङ, वडा नम्बर २ का अध्यक्ष भक्त बहादुर तामाङ लगायतले मन्तव्य व्यक्त गर्दै समाजसेवी ईन्जिनियर यादवले बिपदको जोखिममा परेका माथी गरेको योगदानबाट सबैलाई पाठ सिकाएको बताए।

नेपाल तामाङ घेदुङ सप्तरीका सचिब सुर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत नेपाल तामाङ संस्कृति घेदुङ सप्तरीका अध्यक्ष टिक बहादुर तामाङले गरे ।

कार्यक्रममा अग्निसाईर कृष्णासवरन २ का आदिवासी जनजाति समुदायका जेष्ठ नागारिक, फरक क्षमता भएको ब्याक्ती र अति बिपन्न ३५ जना ठण्डी पीडितलाई राहात बितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com