महिला शिक्षित नभए सम्म प्रदेश समृद्धि हुन नसक्ने : मन्त्री साह

वृजमान तामाङ

विरेन्द्र बजार , २४ भदौ । प्रदेश नम्बर २ का भुमिब्याबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहाले २ नम्बर प्रदेशलाई मधेस प्रदेश घोषणा गर्ने बताएका छ्न ।

सप्तरीको राम दयाल माबि कचन्दाहाका कक्षा ८ का छात्राहरूलाई मंगलबार साईकल बितरण गर्दै उनले मधेस प्रदेश घोषणा गर्ने बताएका हुन । मधेस प्रदेश आम जनताको माग रहेको उल्लेख गर्दै मन्त्री साहले जनादेशको कदर अनुरुप प्रदेश नम्बर २ लाई मधेस घोषणा गर्न सरकार लागेको बताए ।

सत्तारुढ दल नामांकन गर्ने सबालमा एकमत छ मन्त्री साहले भने, अब दुईचार दिन भित्र नाम र राजधानी टुंगो लगाउछौ । उनले महिला शिक्षित नभए सम्म प्रदेश समृद्धि हुन नसक्ने दाबी गरे ।

महिलाको शिक्षामा सहज पहुँच होस भन्ने लक्ष्य राखेर सरकारले बेटि पढाउ, बेटि बचाउ कार्यक्रम ल्याएको बताउदै उनले छोरीहरुलाई प्रोत्साहन गर्न साईकल बितरण सगै महिला सशक्तीकरण साथै महिलामैत्री योजनालाई अगाडि सारेको उल्लेख गरे । साईकल बितरण कार्यक्रम निरन्तर चलिरहने बताउदै ढिलोचाडो प्रदेशका सबै माबिमा साईकल बितरण गर्ने मन्त्री साहले प्रतिबद्धता व्यक्त गरे । उनले कृषकको समस्यलाई हल गर्न प्रदेश सरकारले प्राथमिकताको साथ कृषिमा लगानी बढाएको जानकारी गराए ।

सप्तरी क्षेत्र नम्बर ३ क का प्रदेश सभा सदस्य महमद समिमले माबी कचन्दाहाको पुर्बधार बिकासका लागि आफ्नो सांसदिय बिकास कार्यक्रमबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

राजपाका केन्द्रिय सदस्य दिनेश यादवले प्रदेश सरकारद्वारा अघिसारेको महिला सशक्तीकरण कार्यक्रमलाई सफल पर्न स्थानीय सरकारले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

समाजबादी पार्टी सप्तरीका अध्यक्ष केदर प्रसाद यादवले प्रदेश २ सरकारको बेटि पढाउ, बेटि बचाउ कार्यक्रम समुदायमा लोकप्रिय भएको बताए ।

माबी कचन्दाहाका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष देवनाथ साहको अध्यक्षतामा आयोजित कार्यक्रममा सो बिधालयका दाता परिवारका तर्फबाट जगरनाथ मुन्धाडा, नेकपाका नेता गणेशी चौधरी, शम्भुनाथ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सत्रुधन प्रसाद चौधरी, समाजबादी पार्टी शम्भुनाथ नगर अध्यक्ष सरोज कुमार चौधरी, राजपा नगर अध्यक्ष चन्द्रकान्त मण्डल लगायतकाले शुभकामना दिएका थिए ।

शिक्षकद्वोय शिव नारायण चौधरी, उमेश भगतद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक बिरेन्द्र गुप्ताले गरे । माबी कचन्दाहाद्वारा आयोजित कार्यक्रममा कक्षा ८का ३२ जना छात्रालाई मन्त्री साहले साईकल बितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com