माघे संक्रान्तिमा प्रदेश २ मा सार्वजनिक बिदा

प्रदेश २ सरकारले आगामी माघ १ गते प्रदेशमा सार्वजनिक बिदा दिएको छ । माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश मन्त्री परिषद्को बिहीबार बसेको बैठकले माघे संक्रान्तिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका उप सचिव टिकामणी न्यौपानेले जानकारी दिए ।

माघ १ गते बुधबार प्रदेशका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था लगायत शिक्षण संस्थाहरुमा समेत सार्वजनिक विदा दिने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com