मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई सवारी चालक पक्राउ

बारा , २५ असोज ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई सवारी चालक पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट शुक्रबार खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा अत्यधिक मादक पदार्थ सेवन गरी भारतिय ग्यास ट्याङकर चलाएका चालक भारत बिहार मोजफरपुर चौघट्टा बस्ने बिनोद दुबे र यात्रु बाहक बसका चालक जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.९ बस्ने जयराम साहलाई पक्राउ गरिएको हो ।

उनीहरू दुवैलाई आवश्यक कारवाही भई रहेको ईलाका प्रहरी कार्यालय सिमरा बाराले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com