मुसहर्नियामा कुखरा फार्ममा आगलागी हुदा लाखौको क्षति

बृजमान तामाङ

विरेन्द्र वजार सप्तरी , २८ चैत्र । सिरहाको धनगढीमाई नगरपालिका वडा नम्वर २ मुसहर्नियमा वुधवार राती एक कुखरा फार्ममा आगलागी हुदा लखौको क्षति भएको छ ।

स्थानीय पंचुकाली कृषी फार्मका संचालक डेनोक मोक्तानको कुखरा फार्ममा आगलागी हुदा सात लाख वरावरको क्षति भएको हो ।

राती दश वजेतिर फार्ममा कोही नभएको वेला आगलागी भएकोले कुखुरा फार्ममा आवश्यक हुने सम्पुर्ण सामाग्री सहित दुई घर पुर्ण रुपले जलेर नष्ट भएको फार्म संचालक मोक्तानले जानकारी दिए ।

कुखरा भने भर्खरै वेचेर चल्ला लगाउने तयारी गर्दै गर्दा आगलागी भएकोले थप क्षति हुनुवाट जोगिएको उनले जानकारी दिए । फार्ममा कामगर्ने मज्दुर दुई दिनको विदा लिएर उदयपुर घरतर्फ गएको मौका छोपी केहि उछृङखल समुहले आगो लगाएको हुन सक्ने आशंका गरिएको छ । 

आगलागीको कारण वारे अनुसान्धन भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com