मृत्यु भएकी महिलाको शव व्यवस्थापन गर्न एम्बुलेन्ससहितको टोली भक्तपुरबाट गयो

काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको शव व्यवस्थापन गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली गएको छ । शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली आज साँझ ७ः३० बजे भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल प्रस्थान गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल प्रस्थान गरेको हो । शव बोक्न कुनै पनि शवबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाएको काभ्रे प्रहरीले जानकारी दिएको छ । धुखिलेल अस्पतालबाट शवलाई पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने भएपछि त्यसको सबै काम उद्धार टोलीका सैजु र गाईजुले गर्नुहुने भएको छ । #TVannapurna

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com