मोरङको मिक्लाजुङमा रुखबाट लडेर ८५ बर्षीय बृद्धको मृत्यु

मोरङ, मंसिर २७ गते । मोरङको मिक्लाजुङमा रुखबाट लडेर एक बृद्धको मृत्यु भएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका ३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको हो ।
बिहिवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाईते भएका बृद्धलाई घरमा ल्याई राखिएकोमा घरमै मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बृद्धलाई घरमै मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com