मोहम्मद पैगम्बरको जन्मजयन्तीमा आइतबार प्रदेश २ मा सार्वजनिक बिदा

प्रदेश २ सरकारले आइतवार  सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मुस्लिम धर्मालम्बीहरुको धर्म प्रवर्तक मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले कार्तिक २४ गते विदा दिने निर्णय गरेको हो ।

मोहम्मद पैगम्बरको १४३९ औ जन्मजयन्तीको अवसरमा  देश तथा विदेशमा रहेका सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

‘जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीहरुको स्मरण गर्ने यस पर्वले हामी सबैमा सुशासन सहितको समाजिक विकास मार्फत समृद्ध प्रदेश स्थापना गर्न प्रेरणा मिलोस भन्ने कामना गर्दछु,’ मन्त्रालयद्धारा जारी पत्रमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com