यादवद्धोय समाजवादी पार्टी नेपालको कार्यकर्ता नभएको दावी

बृजमान तामाङ

विरेन्द्र वजार सप्तरी , २६ वैशाख । समाजवादी पार्टी नेपाल अग्नीसाईर कृष्णासवरन गाउँपालिकाले राजेन्द्र प्रसाद यादव र प्रेम प्रसाद यादव आफ्नो पार्टीको कार्यकर्ता नभएको दावी गरेका छन ।

पार्टीका गाउँपालिका अध्यक्ष रामदेव यादवले विहिवार एक प्रेस विज्ञाप्ती जारी गर्दै यादवद्धोय आफ्नो पार्टीको कार्यकर्ता नभएको दावी गरेका हुन ।

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ४ प्रशवनीका यादवद्धोय आफुहरु समाजवादी पार्टीका कार्यकर्ता भनी कन्चरुपमा आयोजित एक सभामा नेपाली कंग्रेसमा प्रवेश गरेको प्रति गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।

पार्टीलाई वदनाम गर्ने नियतले आफ्नो पार्टीको नाम जोडेर नेपाली कंगे्रसकै कार्यकर्तालाई नेपाली कंग्रसका नेता गगन थापाले टिका लगाएको अध्यक्ष यादवले आरोप लगाएका छन । कमजोर मानशिकताले प्रतिस्पर्धा गर्न नसकेर पार्टी नाममा भ्रम फैलाएको छ अध्यक्ष यादद्धारा जारी विज्ञाप्तीमा अगाडी भनिएको छ, राजेन्द्र र प्रेम यसपुर्व समेत पार्टीमा कुनै तहमा आवद्ध थिएन साथै साधरण सदस्य समेत हैन । उनीहरु काग्रेसकै पुराना कार्यकर्ता हो । सधै विपक्षमा रहने ब्यक्तीलाई पार्टी परित्याग गरी कंग्रेसमा प्रवेश गरेको भन्दै भ्रम फैलाउने कार्यप्रति समाजवादी पार्टी नेपाल अग्नीसाईर कृष्णासवरन गाउँपालिकाको गम्भीर ध्यनार्कषण भएको जनाउदै आगमी दिनमा आम जनतालाई भ्रमित पार्ने क्रियाकलाप नदोहो¥याउन अध्यक्ष यादवद्धारा जारी भएको प्रेस विज्ञाप्ती मार्फत चेतावनी समेत दिएको छ ।

अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर ४ का राजेन्द्र प्रसाद यादव र प्रेम प्रसाद यादव गत वैशाख २२ गते कंचनपुरमा नेपाली कंग्रेसद्धारा आयोजित सभामा समाजवादी पार्टी नेपाल परित्याग गरी कंग्रेसमा प्रवेश गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com