युवाहरूद्वारा बालमैत्री नगर घोषणा कार्यक्रमलाई सफल बनाउन मोटरसाइकल र्‍याली प्रदर्शन

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १७ भदौ ।

कञ्चनरूप नगरपालिकाका युवाहरूले बालमैत्री नगर घोषणा कार्यक्रमलाई सफल बनाउनका लागि मंगलबार मोटरसाइकल र्‍याली प्रदर्शन गरेका छन् ।

युवा परिचालन समितिका संयोजक वडा नम्बर ८ का वडा सदस्य संजय पासवानको नेतृत्वमा नगरपालिकाबाट निस्किएको मोटरसाइकल र्याली नगरको महादेवापट्टी , बरमझिया , बेरियर , कंचनपुर बजार , आदर्श टोल , बलुवा , मलेठ , रुपनगर , सिमरा , बक्साहा , ब्याङ्ग्रि लगायतका भाग परिक्रमा गरि बक्साहामा आई कोण सभामा परिणत भएको थियो ।

सो कार्यक्रममा बोल्दै पासवानले बालमैत्री नगर घोषणा कार्यक्रमलाई सफल बनाउन सबै नगरवासीहरुलाई आग्रह गरे ।

युवा परिचालन समितिका सह-संयोजक लिलबहादुर मगर सोम १२ नम्बर वडाका वडा सदस्यले युवाहरू देशको कर्णधार भएको हुदा युवाहरु सकारात्मक सोचका साथ सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताए ।

प्रेस सल्लाहकार उत्तम आचार्यले बालमैत्री घोषणा कार्यक्रम नगरबासीको मात्र नभएर सिङ्गो सप्तरी बासीको सान , इज्जत प्रतिष्ठा रहेको हुदा यसलाई सफल पार्न आग्रह गरे ।

भदौ १९ गते कञ्चनरूप नगरपालिका बालमैत्री नगर घोषणा हुदैछ ।

संयोजक पासवानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com