राजपा मधेशको ठूलो पार्टी हुने नेताहरुको दावी

बृजमान तामाङ

विरेन्द्र वजार सप्तरी , ०३ माघ ।

राजपा नेपाल मधेशको सभन्दा ठूलो पार्टी हुने राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले दावी गरेका छन ।

राजपा नेपाल रुपनी गाउँपालिकाद्धारा विहिवार सप्तरीको तेरहौतामा आयोजित सदस्ता वितरण अभियान कार्यक्रमलाई सम्वोधन गर्दै नेताहरुले सो दावी गरेका हुन । मधेशी, आदिवासी जनजाति, दलित लगायतका विभेद र उत्पीडनमा परेका समुदायको हक अधिकार सुनिश्ति गर्ने पार्टी राजपा भएको चर्चा गर्दै कार्यक्रमका वक्ताहरुले मधेशी लगायत उत्पीडनमा परेका समुदायको पार्टी राजपा भएकोले पार्टीमा आवद्ध हुन आग्रह गरे । 

राजपा सप्तरीको सभन्दा ठूलो, प्रदेश नम्वर २ मा दोश्रो र देशमै तेश्रो स्थानमा आउन सफल भएको उल्लेख गर्दै नेताहरुले राजपा मधेशमा ठूलो पार्टी वन्ने दावी गरे । स्थानिय तहमा राजपाको जनप्रतिनिधिहरुको सुनिश्तिताले विकासको लहर आएको वताउदै २० वर्षमा हुन नसक्ने काम १ वर्षमै गरेर देखाएको समेत नेताहरुले वताए ।

कार्यक्रममा राजपा नेता एवम प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, राजपा नेपालका महासचिव एवम प्रदेश नम्वर २ का प्रदेश सभा सदस्य मनिस सुमन, सह महासचिव गजेन्द्र मण्डल, जिल्ला समवन्य समिती सप्तरीका प्रमुख प्रभाकर यादव, केन्द्रिय सदस्य दिनेश यादव, विशेश्वर रजक, उपेन्द्र साह, जिल्ला संयोजक एवम तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस सिंह, पुर्व जिल्ला संयोजक सुनिल झा, डाकनेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, परर्शुराम मुखिया, लाल वाहादुर मेहता लगायतकाले मनतव्य व्यक्त गरे ।

राजपा नेपालका रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष वद्री नारायण सरदारको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन जिल्ला सह सचिव रामानन्द ठाकुर गरे भने स्वागत रुपनी गाउँपालिका वडा नम्वर ६ का वडा सदस्य पुष्पा श्रेष्ठले गरिन ।

पार्टीको आगमी महाधिवेशनलाई लक्षित गरी जिल्ला, क्षेत्रमा अभियान सकेर रुपनी गाउँपालिकामा वडा नम्वर ६ वाट गाउँपालिका स्तरीय सदस्यता वितरण अभियान शुरु गरेको राजपा नेता ओम प्रकाश मेहताले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com