राजविराजमा कुचोले बढार्दै सचेतनामूलक कार्यक्रम गरी अन्तर्राष्ट्रिय स्वंयंसेवक दिवस भव्य रुपमा सम्पन्न

राजविराज, १९ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजनामा तथा स्थापना काल देखिनै युवाहरुलाई स्वयम्सेवा तर्फ अग्रसर गराउदै आएका संस्थाहरु ग्रीन नेपाल र सप्तरी युथ नेपालको संयोजनमा बिहिबार राजविराजमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय स्वंयंसेवक दिवश सम्पन्न भएको छ ।

सरसफाइका अभियन्ताहरु, स्वयंसेवकहरु, जिल्लामा क्रियाशिल सामाजिक संघ संस्था, विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नागरिक समाजसमेतको सहभागितामा आज सप्तरीको राजविराज बजारमा कुचो बढार्दै सचेतनामूलक कार्यक्रम गरी अन्तर्राष्ट्रिय स्वंयंसेवक दिवस मनाएको हो ।

सरसफाई कार्यक्रम निस्वार्थ समाजको स्वयम्सेवा गर्ने स्वयमसेवकको सम्मान र स्मरण गर्न तथा स्वयमसेवा भाव जागृत गर्ने उद्देश्यले गरिएको आयोजक समितिले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्वंयंसेवक दिवसका अवसरमा स्वयमसेवा भाव जागृत गर्ने उद्देश्यले राजविराज बजारमा कुचो बढारेर सरसफाई गरिरहेका सरसफाईका अभियन्ताहरु एवम् स्वयंसेवकहरु

‘स्वच्छ, सफा, सुन्दर राखौ, सरसफाई अभियानमा सहभागि बनौ’, ‘सके सफा गरौं, नसके फोहोर नगरौं’, ‘आज हामी गर्छौ, भोलिदेखी आफै सरसफाई गर्नुस्’ भन्ने आग्रह सहित अस्पताल, सहिद दशन चोक, गजेन्द्र चोक लगायतका सडकहरु सरसफाई गरिएको छ ।

मूल समारोह समिति इन्सेक सप्तरी प्रतिनिधी मनोहर कुमार पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रकाश बस्नेत लगायत वक्ताहरुले मन्तव्य राखेका थिए ।

वक्ताहरुले स्वयम् सेवा, स्वयम् सेवाका फाईदा र फोहोर ब्यवस्थापन बारे बोल्दै आफुले गरेको फोहोर आफैले ब्यवस्थापन गरेमा फोहोर ब्यवस्थापन सँगै बातावरण समेत स्वच्छ हुने बताएका थिए । ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासले संचालन गरेको कार्यक्रममा सप्तरी युथ नेपालका कोषाध्यक्ष बिष्णु यादवले स्वागत गरेका थिए ।

कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जाल, सप्तरी युथ नेपाल, ग्रीन नेपाल, मानवअधिकार समूह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मिसन कलेज, क्यालिबर इन्टरनेशनल कलेज, पाराडाइज कलेजका बिद्यार्थीहरु, पत्रकार, नागरिक समाज गरी पाँच सय बढीको सहभागिता रहेको थियो ।

इन्सेकको आयोजनामा राजविराजमा आगामी मङ्सिर २१ गते रक्तदान र २४ गते विश्व मानवअधिकार दिवसका अवसरमा गोष्ठि तथा महिला मानवअधिकार रक्षक सञ्जालको आयोजनामा मङ्सिर २२ गते राजविराजमा दिप प्रज्वलन र मङ्सिर २३ गते हनुमाननगरमा सचेतनामूलक तालिम हुने मूल समारोह समितिले जनाएको छ ।

सरसफाई अभियानले निकै छोएको भन्दै मजदुर मो. सबिर मन्सुरीले आफुले कहिले पनि सडकमा फोहोर नफाल्ने र अरुलाई फाल्न हुदैन भन्ने सन्देस प्रवाह गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com