राजविराजमा विपद व्यवस्थापनको स्थानीय पाठ्यक्रम विकास ५ दिने कार्यशाला गोष्ठी सुरु

महेन्द्र सदा

राजविराज , १८ भदौ ।

सप्तरी जिल्लाको राजविराज स्थित आई गार्डेनमा बुधबार युनिसेफको सहयोगमा तथा आसमान नेपालको आयोजनामा बृहत विद्यालय सुरक्षा तथा जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत विपद व्यवस्थापनको स्थानीय पाठ्यक्रम विकास ५ दिने कार्यशाला गोष्ठी सुरु भएको छ ।

उक्त कार्यक्रममा सप्तरी जिल्लाको १२ वटा स्थानीय तहको शिक्षाको तोकिएको श्रोत व्यक्तिहरु एवं तिरहुत गाउँपालिकाबाट २ जना , सप्तकोसी नगरपालिकाबाट ३ जना , हनुमाननगर कंकालिनी नगरपालिकाबाट ३ जना , तिलाठी कोइलाडी गाउँपालिकाबाट ४ जना , विष्णुपुर गाउँपालिकाबाट ३ जना , बोदेवर्साइन नगरपालिकाबाट २ जना , बलान विहुल गाउँपालिकाबाट ४ जना , अग्निसाइर कृष्णासवरन गाउँपालिकाबाट ३ जना , खडग नगरपालिकाबाट ३ जना , सुरुङ्गा नगरपालिकाबाट २ जना समेत गरी ४३ जना सहभागिहरुले सहभागीतामा विस्तृत रुपमा छलफलबाट विपद व्यवस्थापनको स्थानीय पाठ्यक्रम विकास सामग्री तयार गरिने प्रशिक्षक विजय कुमार यादवले बताए ।

यस कार्यशाला गोष्ठीमा संचालन संजिव कुमार साहले गरे भने प्रशिक्षणमा विजय कुमार यादव , राजेश झा एवं निरीक्षणमा युनिसेफको शिक्षा अधिकृत विमला मानन्धरको सक्रिय सहभागीता रहेको फिल्ड सुपरभाइजरहरु समेतको सहभागीता रहेको कार्यक्रम संयोजक संजिव झाले बताए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com