राजविराजमा सुरु भएको २ नम्बर प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा धनुषा र पर्साले विजयी सुरुवात

राजविराज, ११ फागुन । राजविराजमा शनिबारदेखि सुरु भएको २ नम्बर प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा धनुषा र पर्साले विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा धनुषाले बारालाई चार विकेटले र पर्साले महोत्तरीलाई १३ रनले पराजित गर्दै बिजयी सुरुवात गरेको प्रतियोगिता संयोजक रबी रायले जानकारी दिए । 

उद्घाटन खेलका म्यान अफ दि म्याच धनुषाका बिशाल सुशलिंगले कसिलो बलिङ्ग गर्दै महत्वपूर्ण चार विकेट लिएपछि बारा १९ ओभर २ बलमा सम्पूर्ण बिकेट गुमाई एक सय १३ रनमा समेटिएको थियो । सुशलिंगले चार ओभरमा चार विकेट लिदा ११ रन मात्र खर्चे ।
बाराका रवीकुमार साहले ५२ बलमा पाँच चौकाको मद्धतले आर्कषक ५० तथा तिर्थराज दासले २१ रनको योगदान दिए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन ।
धनुषाका हरिशंकर साहले २६, कुनैन साहले २४, आयुष ठाकुरले २०, अन्सरुल रैनले १० तथा परशुराम यादवले नटआउट हुदै १५ रनको योगदान दिएपछि ६ बिकेटको नोक्सानीमा १५ ओभर एक बलमा सहजै लक्ष्य भेटायो ।
पहिलो दिनको दोस्रो खेलमा महोत्तरीका राहुलप्रताप सिंहले नट आउट रही ४२ बलमा चार चौका र चार छक्काको मदतले ५७ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन । महोत्तरीले पाँच बिकेटको नोक्सानीमा एक सय ३२ रन मात्र जोडन सकेपछि १३ रनले पराजिय भोग्नु प¥यो । 
त्यसअघि पर्साले निर्धारित २० ओभरको खेलमा पाँच बिकेटको नोक्सानीमा एक सय ४५ रनको योगफल बनाएको थियो । जस्मा म्यान अफ द म्याच बनेका कञ्चनजंग कार्कीले ४४ र हासिम अंसारीले ४० रन बटुल्दै पहिलो बिकेटका लागि ८५ रन जोडे । अन्य ब्याट्सम्यानमा सुरज कुर्मीले नटआउट रही १८ तथा सोनु अंसारीले १५ रनको योगदान दिए । बलिंगतर्फ महोत्तरीका बादलकुमार गुप्ताले दुई तथा रितेश सिंह र राहुलप्रताप सिंहले समान एक बिकेट लिए । 
आठांै राष्ट्रिय खेलकुद २०७५ मा २ नम्बर प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोटका लागि आयोजना गरिएको प्रतियोगिताको शनिबार एक समारोहका बीच मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरेले उद्घाटन गरे । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष धिरेन्द्र बर्माको अध्यक्षतामा भएको उद्घाटनमा प्रदेश सभा सदस्य गोबिन्द न्यौपाने, संविधान सभाका पूर्व सदस्य अशोक मण्डल, सप्तरी जिल्ला टेबुलटेनिस संघका अध्यक्ष मनोहर पोखरेल, नेकपाका युवा नेताहरु निरन्जन झा, अखिलेश झा, बिष्णुपुर गाउँपालिकाका वडा ६ का अध्यक्ष बहादुर सदा, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेललगायत सप्तरी क्रिकेट संघका पदाधिकारी, प्रशिक्षक, खेलप्रेमीको उपस्थिती रहेको थियो । प्रतियोगितामा प्रदेशका आठै जिल्लाले सहभागिता जनाएको छ ।
मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र सप्तरी जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगिता एक सातासम्म सञ्चालन हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com