राजविराजमा स्थानीय भाषामा सन्दर्भ सामग्री निर्माण तथा प्रयोग सम्बन्धि ५ दिने कार्यशाला गोष्ठी

महेन्द्र सदा

राजविराज , १८ भदौ ।

सप्तरी जिल्लाको राजविराज स्थित आई गार्डेनमा आसमान नेपालको आयोजना तथा युनिसेफको सहयोगमा बुधबार बृहत विद्यालय सुरक्षा तथा जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत विपद व्यवस्थापनको स्थानीय पाठ्यक्रम विकास सम्बन्धि ५ दिने कार्यशाला गोष्ठी सुरु भएको छ ।

उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई समिति सप्तरीका निमित्त इकाई प्रमुख भवानी प्रसाद कटेलद्वारा उद्घाटन गरी कार्यक्रमको बारेमा जानकारी आसमान नेपाल जनकपुरका मेनेजर विजय कुमार यादवले गरेका थिए ।

कार्यशाला गोष्ठी भाद्र १८ गतेदेखि २२ गतेसम्म चल्ने र हनुमाननगर कंकालिनी नगरपालिका , सप्तकोसी नगरपालिका , बोदेबर्साइन नगरपालिका , खडक नगरपालिका , सुरुङ्गा नगरपालिका , तिरहुत गाउँपालिका , तिलाठि कोइलाडी गाउँपालिका , छिन्नास्ता गाउँपालिका , बलानबिहुल गाउँपालिका अन्तर्गतको विद्यालयका फोकल शिक्षक, प्रधानाध्यापक र श्रोत व्यक्तिहरु समेत गरि ४३ जनाको सहभागितामा स्थानीय विपद व्यवस्थापनको स्थानीय पाठ्यक्रम विकासको सन्दर्भ सामग्री तयार हुने कार्यक्रम संयोजक संजिव कुमार साहले बताए ।

यस कार्यक्रमको प्रमुख उदेश्य स्थानीय भाषामा सन्दर्भ सामग्री निर्माण तथा प्रयोग सम्बन्धि ५ दिने कार्यशाला गोष्ठी भएको एवं शिक्षा विकास तथा समन्वय इकाई समिति सप्तरीका निमित्त इकाई प्रमुख भवानी प्रसाद कटेलले विपद व्यवस्थापनलाई आवश्यकता अनुसार सय पूर्णाङ्कको सन्दर्भ सामग्री तयार गरिनुपर्छ भन्ने कुरा बताए ।

सो कार्यक्रममा विजयकुमार यादव र राजेश झाले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com