रात्री बसले शनिबार बिहान चिया पसलमा ठक्कर दिदा एकको मृत्यु , दुई गम्भीर घाइते

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १४ वैशाख ।

पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको रात्री बसले शनिबार बिहान चिया पसलमा ठक्कर दिदा एकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट काकडभिट्टा तर्फ जादै गरेको ना.५ ख. ७९३७ नम्बरको रात्री बसले सप्तरीको कञ्चनरूप ८ र ९ को सिमाना अन्तर्गत विसनीया चौकमा चिया पसलमा चिया खान आएका कञ्चनरूप ८ का ६८ वर्षीय देवनारायण महतोको घटना स्थलमै मृत्यु भएको स्थानीय लक्ष्मी साहले बताए ।

सो बसले पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ख ४१२३ नम्बरको तरकारी बोक्ने पिकप भ्यानलाई ठक्कर दिई चिया पसलमा गई ठोक्किदा महतोको मृत्यु भएको बताइएको छ । पिकप भ्यानमा प्याज लोड गरि पूर्व तर्फ लग्दै गरेका थिए ।

सख्त घाइते हुनेमा चिया पसल बाला कञ्चनरूप ८ निवासी ७५ वर्षीय असर्फी महतो र ४८ वर्षीय मुनर महतो रहेका छन् । उनीहरूको स्थानीय धर्मेश्वर हस्पिटल कञ्चनरूप १२ धरमपुरमा प्राथमिक उपचार गराई थप उपचारका लागि वि.पि कोइराला विज्ञान प्रतिष्ठान घोपा धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज लाने तयारी भएको छ ।

बसलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com