रावविराजमा विद्यालयस्तरीय वक्तृत्वकला र आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

सप्तरी । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको आयोजनामा मंगलबार प.वि. मा.वि. रावविराजमा विद्यालयस्तरीय वक्तृत्वकला र आधारभूत तहस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ मूल नाराका साथ आयोजित चित्रकला प्रतियोगितामा ज्योतिकुमारी साह प्रथम, आशाकुमारी साह द्वितिय र बिन्दीयाकुमारी यादव तृतिय हुनु भएको छ । प्रतियोगितामा १४ जना बिद्यार्थी सहभागी थिए ।

यसैगरी दाइजो प्रथा शिर्षकमा आयोजित बक्तृत्वकला प्रतियोगितमा कृतिका कर्ण प्रथम, सम्झना सुमन रजक द्वितिय, अस्मिता सिंह तृतिय र सबीता देव सान्तवना हुनु भयो । प्रतियागितामा ३५ जना बिद्यार्थी सहभागी थिए ।

बाल क्लबका रमानन्द यादवको अध्यक्षता एवम् बाल क्लबकै देवराम शर्माको सञ्चालनमा आयोजित कार्यक्रमको निर्णयकर्ता समेत बाल क्लबकै पदाधिकारी रहेको शिक्षक गिरीराज पौडेलले बताउनु भयो ।
विद्यार्थीमा रहेका अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्न गरिएको प्रतियोगितामा विजेता विद्यार्थीहरुका साथै सहभागीहरुलाई कापी कलम लगायतले पुरस्कृत गरिएको सहयोगी संस्था समग्र जनउत्थान केन्द्रकी लक्ष्मी परियारले जानकारी दिनुभयो ।

कार्यक्रमा सहायक प्रधानाध्यापक मोहन मिश्र, शिक्षकहरु गिरीराज पौडेल, लक्ष्मण मेहता, लक्ष्मी परियार, निरज जायसवालले पुरस्कार वितरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com