रुपनगरको पञ्चकन्या मन्दिरमा नौ दिने महायज्ञ गरिने

उत्सव आचार्य

कञ्चनरुप सप्तरी , ११ फागुन ।

सप्तरीको कञ्चनरूप नगरपालिका – १२ रुपनगर श्रावणपुर स्थित रहेको पञ्चकन्या विकास प्रतिष्ठानमा बाल योगेश्वर फाउन्डेसनद्वारा महायज्ञ गर्ने भएका छन् ।

पञ्चकन्या मन्दिर

श्रीमद्भागवत ज्ञान सामाजिक सद्भावको पहिचान , सके ९ दिन नसके १ दिन पञ्चकन्या विकास प्रतिष्ठान अवश्य जाअौं भन्ने मुल नाराका साथ व्यवस्थित तरिकाले महायज्ञको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । 

महायज्ञलाई नमूना र व्यवस्थित बनाउनका लागि प्रतिष्ठानले नगर प्रमुख बसन्त कुमारको प्रमुख आतिथ्यमा बैठक गरी महायज्ञलाई भव्यरुपमा सफल बनाउन सबै समिति , उपसमिति र सरोकारवालाहरु सक्रिय रुपमा लागि महायज्ञलाई सफल बनाउने निर्णय गरेको छ ।

गत बुधबार सम्बन्धित वडा कार्यालय रुपनगरमा बसेको बैठकले मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपाल त्रिपुरेश्वर काठमाडौंका चिरञ्जीवी अधिकारी बीच महायज्ञको प्रतिष्ठानले सम्झौता गरेको हो ।

सम्झौता अनुसार आगामी चैत्र १ गतेदेखि  ९ गतेसम्म हुने महायज्ञमा प्रचारप्रसार , गेट निर्माण , सरसफाइ , सुरक्षा लगायतका कार्य महायज्ञ समितिले गर्ने र बाँकी सबै काम फाउन्डेसनले गर्ने सहमति भएको र सो कार्यलाई व्यवस्थित र मर्यादित बनाउनका लागि ८४ वटा उपसमिति बनाई र १ हजार १ जना स्वयंसेवक परिचालन गर्न गृहकार्य भई रहेको प्रतिष्ठानका अध्यक्ष अमर श्रेष्ठले बताए ।

महायज्ञ गर्नुको मुख्य दुईवटा उदेश्य रहेको बताइएको छ । यस क्षेत्रको बाक्लो जनघनत्वलाई सेवा पुग्ने गरी एम्बुलेन्स खरिद गर्ने र पञ्चकन्या विकास प्रतिष्ठानलाई पर्यटकीय क्षेत्रमा विस्तार गर्ने उदेश्य रहेको १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीले बताए ।

साविक घोघनपुर गाविस वडा नम्बर ९ स्थित श्रावणपुरको थुम्कीमा रहेको विशाल सखुवाको रुख मुनि २०१० सालमा ५ वटा देवी प्रत्यक्ष प्रकट भई सो रुखमुनि आफ्नो वासस्थान बनाई सो वरिपरि घुमि बस्ने गरेको स्थानीय बृद्धबृद्धाको भनाइ रहेको छ ।

स्तम्भ

सो बेलामा देवी प्रकट भएता पनि सो ठाउँमा पूजा आजा गरिदैन्थ्यो । पूजाआजा नगर्दा साथै फोहोरमैला गर्दा कष्ट हुने , संकट उत्पन्न भई कतै न कतै पिडा भई गाउँलेहरूलाई दुख भई रहने गर्दथ्यो ।

सो हुन थालेपछि २०६८ साल मन्दिर बनाई पञ्चकन्या देवीको पूजाआरधना गरि पञ्चकन्या विकास प्रतिष्ठान नामांकरण गरि कार्य गर्न थालेपछि कष्ट , संकटहरु अन्त्य भई चिताएको कुरा पुग्न थालेको स्थानियहरु बताउँछन् ।

मन्दिर निर्माण भएकै साल गाउँमा पाउना आएका ५ जना कन्या मन्दिरको दर्शन गर्न गए । दर्शन गरि सकेपछि मन्दिरमा फोटो खिच्न लाग्दा देवी प्रत्यक्ष प्रकट भई म पनि तिमीहरुसंग बसेर फोटो खिच्छु भनी बीचमा बसी फोटो खिचेको र पछि फोटोमा हेर्दा देवीको तस्बिर नदेखेपछि ती कन्या डरले भागेको स्थानीय बताउँछन् ।

सो ठाउँमा मन्दिर स्थापना भएको दिन बैशाख १५ गते ठूलो मेला लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com