रुपनगर नन्दराज संग्रौला क्याम्पसलाई प्रदेश नम्बर २ कै नमूना बनाउने : सांसद सरिता गिरी

उत्सव आचार्य

कञ्चनरुप सप्तरी , १६ कार्तिक ।

प्रतिनिधि सभाकी माननीय सांसद सरिता गिरीले शिक्षाको विकास विना मानव जीवन अन्धकारमय हुने हुदा शिक्षा विकास गर्न आफू कटिबद्ध भएर लाग्ने बताइन् ।

शुक्रबार सप्तरीको कञ्चनरुप -१२ रुपनगर स्थित रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसको निर्माणाधीन भवनको अनुगमन र निरीक्षण गर्ने क्रममा सो कुरा बताएकी हुन । 

क्याम्पसको स्तरउन्नति , गुणस्तरीय शिक्षाका साथै भौतिक पूर्वाधार निर्माणका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता समेत जाहेर गरिन ।

यस क्याम्पसलाई प्रदेश नम्बर २ कै नमूना क्याम्पस बनाउने सोचमा आफू रहेको हुदा सबैलाई क्याम्पसको विकास निर्माण कार्यमा सहयोग गर्न आग्रह समेत गरिन ।

यो क्याम्पस सप्तरी कै उत्कृष्ट क्याम्पस रहेको र त्रिभुवन विश्व विद्यालय अनुदान आयोगबाट रु. ५० लाख रकम निकासा भई भवन निर्माण कार्यको थालनी भएको क्याम्पस व्यवस्थापन समितिका सदस्य उत्तम आचार्यले सांसदलाई जानकारी गराउदै भवन निर्माणका आर्थिक सहयोग उपलब्ध गराई सहयोग गरिदिन अनुरोध गर्दै पत्र समेत हस्तान्तरण गरे । 

सही क्रममा सांसदले रुपनगरमा निर्माणाधीन व्यापारीक भवन , कृति सामुदायिक अस्पताल र कञ्चनरुप ९ रुपनगरमा १ सय २४ विग्घा जग्गामा निर्माण हुन लागेको खेल मैदानको समेत निरीक्षण गरिन ।

खेलमैदानमा सांसद गिरी

सांसदलाई खेलकुद विकास समितिका दिनेश भुजेलले यसलाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने र केन्द्रबाट रु. २५ लाख निकासा भई आएको हुँदा छठ  पछि खेलमैदानको कामको थालनी हुने जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com