रुपनी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको आरोप

बृजमान तामाङ/

अग्निसाईर कृष्णासवरन, २९ फागुन । सप्तरीको रुपनी गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता व्यापक रुपले दुरुपयोग गरेको एक भ्रष्टाचार बिरोधि अभियानताले आरोप लगाएको छ ।

भ्रष्टाचार तथा लागुऔषध मुक्त गाउँपालिकाका अभियानता राजु जयसवालले उमेर बढाएर सामाजिक सुरक्षा भत्ता बितरण गरि दुरुपयोग गरेको आरोप लगाएका हुन । उनले सामाजिक संजाल मार्फत अनियमित तरिकाले सामाजिक सुरक्षा भत्ता बुझ्नेहरुको नाम सार्वजनिक गरेका छ्न ।

उनले सार्वजनिक गरेको विवरण अनुसार २० बर्ष उमेर कमकाले गलग विवरण पेस गरि सामाजिक सुरक्षा भत्ता बुझेको देखिएको छ । जयसवालले नागरिकताको प्रतिलिपीमा उमेर बढाएर सामाजिक सुरक्षा भत्ताको व्यापक दुरुपयोग गरेको आरोप लगाए ।

तीन महिनाको कठोर मिहिनेत पछि उक्त प्रमाण फेला पारेको बताउदै भ्रष्टाचार अभियनता जयसवालले उमेरहद कम भएको ब्यक्तिले उमेर बढाएको तथ्य आफुले फेला पारेको दाबी गरे । २०७३ सालको निर्वाचनको क्रममा भोटलिष्टमा सोही नागरिक्ता नम्बर भएका ब्याक्तीको उमेर ५२ बर्षको देखिएको र हालसालै प्रतिलिपीमा ७३बर्ष नाघेको पाएको उनले तर्क प्रस्तुत गरेको छ ।

उनले नागरिक्ताको प्रतिलिपीमा उमेर बढाउने ठूलो गिरोह रहेको कुरा समेत सार्वजनिक गरेका छ्न। यसमा स्थानीय जनप्रतिनिधि र सम्बन्धित कार्यालयका कर्मचारीको समेत समलग्नता रहेको उनको आरोप छ ।

रुपनी गाउँपालिकाको वडा नम्बर १ र ६ सहित गाउँपालिकाका सबै वडा र जिल्लाका सबै पालिकामा सामाजिक सुरक्षा भत्ता व्यापक दुरुपयोग हुने गरेको उनले दाबी गरेको छ । आफुले सार्वजनिक गरेको नामवाली दुरुपयोगको प्रतिनिधित्व मात्र भएको भन्दै भ्रष्टाचार अभियानता जयसवालले सबैपालिकामा यस्तै किसिमको गलत क्रियाकलापको छानबिनको माँग समेत गरे ।

जेष्ठ नागरिकको नाममा गरिएको बजेट दुरुपयोग सम्बन्धित ब्याक्तीबाट असुल उपर गरि प्रचलित ऎनाकाणुन बमोजिम कारबाही गर्नुपर्ने उनको भनाई छ ।

रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले दुरुपयोग हुन नदिन रुपनी गाउँपालिकाले बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्ने ब्याबस्था मिलाएको बताए । उनलेे सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरिएको पाईएमा कार्बाही हुने बताए ।

अध्यक्ष यादवले यस सम्बन्धमा सम्बन्धित निकाय र गलत क्रियाकलाप गर्ने ब्यक्ती उपर चाडै छानबिन गरि दोषी ठ्हरिए कसैलाई छुट नदिने प्रतिक्रिया दिए । अध्यक्ष यादवले यसपुर्व जेजसो भएपनी जनप्रतिनिधि आएपछि यस्तो नभएको दाबी गरे ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com