रूपनीमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु ; २० घाइते

सप्तरी , १६ कार्तिक ।

सप्तरीको रूपनी गाउँपालिका–१ स्थित सडक खण्डमा बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनि सडक खण्डमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८२१४ नम्बरको यात्रुबाहक बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक शुक्रबार राति एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा बसका चालक स्याङ्जा जगतदेव घर भई रूपन्देहीको बुटवल बस्दै आइरहेका ४० बर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको छ । गम्भीर घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com