लकडाउनमा हात्तीले घर तोडफोड गरेपछी तामाङ परिवार बिचल्ली

बृजमान तामाङ/

बिरेन्द्र बजार, २ जेठ । लकडाउने जिबिकोपार्जनमा समस्य खेपिरहेका रुपनी गाउँपालिका वडा नम्बर ६ का एक तामाङ परिवारको घर हात्तीले बिहिबार राती तोडफोड गरेपछी बिचल्लीमा परेका छ्न ।

लकडाउका कारण बेरोजगार भएकै बेला जंगली हात्तीले घर तोडफोड गरेपछी दिपक कुमार तामाङको परिवार बिचल्लीमा परेका हुन ।

जंगली हात्तीले घर तोडफोड गरि घरमा भएको खाद्यान्न लगायतका सामाग्रीहरु नष्ट गरेपछि उनिहरुको जीवन झन कष्टकर बनेको छ । मध्यरातमा एक्कसी हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान बचाउन सफल भएको दिपकका पत्नी हिरा तामाङले बताईन । गाउँमा होहल्ला हुदा हात्ती आएछ भनी थाहा हुन्थ्यो हिराले भनिन, आज आएको थाहै पाईएन, एक्कसी घर हल्लाए पछि मात्र थाह भयो ।

घर छोडेर भागेपछी हात्तीले चामाल, मकै, मकैको पिठो, कोदो, सोलार, टिनको बाकास र घर सहित गरि २ लाख बराबरको क्षति गरेको पीडितले बताएका छ्न । हात्तीले टिनको बाकसमा राखेको केही महत्वपूर्ण कागजपत्र समेत बेपत्ता पारेको तामाङले बताए ।

लकडाउनले रोजगारी नपाएर छानटार्न समस्य छदै थियो तामाङले दुखेसो पोख्दै थपे, घमपानी छल्ले झुपडी पनि नहुदा बाच्नुको अर्थ नै छैन भन्दै निरासा व्यक्त गरे । तामाङ परिवार छिमेकीको घरमा शरण लिएर बसेका छ्न ।

दैनिक ज्यालादारी र तरकारी खेतीमा आस्रित तामाङ परिवार हात्तीले भएको घर समेत भत्काएकाले उनिहरुको जिबिकोपार्जनमा समस्या भएको स्थानीयले बताएका छ्न । स्थानीय सरकारले समेत अफुहरुलाई राहातमा बेदभाव गरेको पिडित परिवारको दुखेसो छ ।

गाउँका हुनेखाने र पहुँचवालालाई वडाले राहत दिएपनि आफुले राहात नपाएको उनले सुनाए । जंगली हात्तीले तामाङ परिवारको घर बस्नै नमिल्ने गरि तोडफोड गरेको रुपनि गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोबिन्द सिंह थापा मगरले जानकारी दिए ।

वडा अध्यक्ष मगरले तामाङ परिवारको बासको ब्यबस्था मिलाउने साथै क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिद्वता व्यक्त गरे । यस क्षेत्रमा दैनिक जंगली हात्ती बस्ती प्रबेश गरि सयौं घर तोडफोड गरेका छ्न भने किसानले लगाएको अन्नबाली नष्ट गरि दर्जनौ ब्याक्तीको ज्यान लिएका छ्न । हात्ती नियन्त्रण तर्फ भने सम्बन्धित निकाय मौन रहेका छ्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com