लागु औषध ईन्जेक्सन सहित पर्साबाट एक पक्राउ

पर्सा , २६ असोज ।

प्रहरी चौकी ईनर्वा र सशस्त्र प्रहरी बल ने.नं.१४ गुल्म हेड क्वाटर पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार लागु औषध ईन्जेक्सन सहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.१६ भन्सार मुलगेट अगाडि सडक खण्डमा बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंजतर्फ पैदल हिडि आउदै गरेको जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं.१५ भेडियाही बस्ने मानिचन पासवानको छोरा २० वर्षका जितेन्द्र पासवानको साथबाट लागु औषध ईन्जेक्सन डाईजेपाम २०० , नुर्फिन २०० पिस र फेनारगन २०० पिस फेला परेको हो ।

लागु औषध सहित पासवानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com