लालपुरमा बहुला स्यालले टोकेर आधा दर्जन घाइते

वृजमान तामाङ
बिरेन्द्र बजार, १७ असोज । सप्तरीको खडक नगरपालिका ११ स्थित लालपुरमा शुक्रबार बहुला स्यालले टोकेर आधा दर्जन ब्याक्तीलाई घाईते बनाएको छ ।
                   सांझ ७ बजे गाउँ पसेको बहुला स्यालले उनीहरुलाई टोकेर घाईते बनाएको हो । स्यालको आक्रमणबाट घाइतेहुनेहरुमा स्थानीय ४० बर्षकी गुलावी देबि रौनियार, २५ बर्षकि अमेरिका देवि साह, ओम प्रकाश साह ८ बर्षका छोरा गोबिन्द साह लगायतका रहेका छन ।
                                उनीहरुको कल्याणपुर स्थित एडभान्स अस्पतालमा उपचार भइरहेको स्थानीय अजय कुमार साहले जानकारी दिए । अन्य घाइतेहरुको विवरण आउन बांकी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com