लिटिल फ्लावर सेकेण्डरी स्कुल रुपनगरद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २८ माघ ।

लिटिल फ्लावर सेकेण्डरी स्कुल कञ्चनरूप -१२ रुपनगरले सोमबार सरस्वती पूजाको उपलक्ष्यमा प्रतियोगितात्मक विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै

सो अवसरमा बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनिल कुमार झाले विद्यालयले शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा ध्यान दिएमा विद्यालय र विद्यार्थीको भविष्य उज्ज्वल हुने बताए ।

कञ्चनरूप नगरपालिका १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीले अतिरिक्त क्रियाकलापले विद्यार्थीको मनोबल बढ्न गई शैक्षिक स्तरमा वृद्धि गर्न सजिलो हुने बताए ।

Advertisement

निवर्तमान प्रदेश नम्बर २ का प्याब्सन उपाध्यक्ष रिमा झा , सल्लाहकार देवनारायण चौधरी , सचिव शान्त अधिकारी , सहसचिव असोक आचार्य लगायतका वक्ताहरूले शैक्षिक गुणस्तरमा सुधार ल्याई क्षमतावान विद्यार्थी बनाउन लाग्नुपर्ने बताए । 

सो प्रतियोगितामा सिम्रन लामाको ग्रुप प्रथम , संयोग आचार्यको ग्रुप द्वितीय र संचिता अधिकारीको ग्रुप तृतीय भएका थिए भने १५ जना सान्त्वना भएको विद्यालयले जनाएको छ । 

प्रथमलाई रु. २ हजार १ सय , द्वितीयलाई रु. १ हजार ५ सय , तृतीयलाई रु. १ हजार १ सय र १५ जनालाई रु. १ सयका दरले पुरस्कार प्रदान गरिएको शिक्षक राजन अधिकारीले बताए ।

सो अवसरमा स्थानीय सञ्चारकर्मीहरु , जनप्रतिनिधि , प्याब्सनका पदाधिकारीहरू , समाजसेवी बुद्धिजीवीहरुलाई सम्मान समेत गरिएको थियो ।

सो कार्यक्रममा स्वागत मन्तव्य शिक्षक मेघराज अर्याल र प्रतिक पोखरेलले   गरेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमा पोखरेल अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com