लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज राजविराजमा बृहत ¥याली

सप्तरी, २० मंसिर । लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत आज राजविराजमा बृहत ¥याली निकालिएको छ ।
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको आयोजना र राजविराज नगरपालिका, मानवअधिकारका लागि क्रियाशील विभिन्न संघ–संस्था, बिद्यार्थीको सहभागितामा लैंङ्गिक हिंसा विरुद्ध बृहत ¥याली निकालिएको हो । 
हरिनन्देश्वर महादेव मन्दिरबाट निकालिएको ¥याली नगरपरिक्रमा गर्दै सहिद दशन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । लैङ्गिक हिंसा र दुव्र्यवहार ः छैन् हामिलाई स्विकार मूल नाराका साथ निकालिएको ¥यालीमा लैंङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सफल पारौं, लैंङ्गिक हिंसा अन्त्य गर, अपराधीलाई कडा कारवाही गर, बालविवाह र दाइजो प्रथा उन्मूलन गर, लैङ्गिक विभेद अन्त्य गर लगायतका प्ले कार्ड बोकेर सहभागिहरुले नारा लगाएका छन् ।
कार्यक्रमको अध्यक्षता गर्नु हुँदै सञ्जालका अध्यक्ष इन्सेक प्रतिनिधी मनोहरकुमार पोखरेलले हिंसाले समाजमा पारिरहेको प्रभाव अनुभूति गर्न र आ–आफ्नो भूमिका खोज्न जरुरी रहेको बताए ।
कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झा, महिला मानवअधिकार रक्ष सञ्जालकी अध्यक्ष अनीता देवकोटा, गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, अधिकारकर्मी जंगबहादुर सिंह, युनिक कलेजकी बिद्यार्थी पुजा जोशी लगायतका वक्ताहरूले मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरुले हिंसा नगर्ने, हिंसा नसहने र हिंसा देखे प्रतिवाद गर्ने प्रतिबद्धता सबैले गर्नुपर्ने बताए । विभेदपूर्ण सामाजिक दृष्ट्रिकोण अन्त्य गर्दै समान शिक्षा, अवसर, समान व्यवहार गर्न नागरिक समाजदेखि राज्यका सबै तह अग्रसर हुनु पर्नेमा वक्ताहरुले जोड दिए ।
कार्यक्रममा गणपति गुप्तबहादुर कुँवर, सशस्त्र एसपी खेम थापा, जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमाल, प्रहरी निरीक्षक गुरुप्रसाद तिमिल्सिनाको समेत उपस्थिती रहेको थियो ।
सञ्जालले आगामी २३ गते साँझ गजेन्द्र चोकमा साहसी महिलाहरुको सम्मानमा मैनबत्ती प्रज्वलन र २४ गते दिउँसो राजविराज नगरपालिका कार्यालयमा हिंसा न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक अन्तक्रिया गोष्ठि गर्ने सञ्जालका उपाध्यक्ष ललीता कर्णले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com