ल्होछारमा विदा दिने मुख्यमन्त्री लालवावु राउतको आश्वासन

बृजमान तामाङ

विरेन्द्र वजार सप्तरी , १७ माघ ।

प्रदेश नम्वर २ का मुख्यमन्त्री लालवावु राउतले तामाङ समुदायको राष्ट्रिय साँस्कृतीक चार्ड सोनाम ल्होछारका दिन सर्वाजानिक विदा दिने आश्वासन दिएको छन ।

Advertisement

विहिवार २८२५ औ सोनाम ल्होछारको सार्वाजानिक विदाको माँग गरिएको नेपाल तामाङ घेदुङ २ नम्वर प्रदेश समितीको ज्ञापन—पत्र वुझ्दै उनले यस्तो आसवाशन दिएको हो । संघीय गणतान्त्रिक राज्य व्यवस्थामा तामाङ घेदुङले राखेको सर्वाजानिक विदाको माँग जायज भएको वताउदै मुख्यमन्त्री राउतले सवै संस्कार र सस्कृतीको जेगर्ना गर्नु सरकारको दाईत्व भएको भन्दै ल्होछारमा विदा दिने आसवाशन दिए ।

नेपाल तामाङ घेदुङ २ नम्वर प्रदेशद्धारा वुझाईएको ज्ञापन—पत्रमा तामाङ समुदायले परापुर्वकाल देखी मनाउदै आएको सोनाम ल्होछार माघ २२, २३ र २४ गते गरी तीन दिन सार्वाजानिक विदा माँग गरिएको छ । 

नेपालमा मानिने भिन्नाभिनै चाडपर्व राष्ट्रको सम्पती हो तर यो विविधतालाई विगतको एकात्मक केन्द्रीकृत राज्य व्यावस्थाले वाधा र वोधको रुपमा लिया,े जसले गर्दा सवै विविधता सम्मान रुपले फल्न र फूल्न नसकेको ज्ञापन—पत्रमा उल्लेख गरिएको छ ।

एतिहाँसिक जनआन्दोलन,माओवादी जनयुद्ध, मधेश विद्रोह र आदिवासी आन्दोलनवाट प्राप्त १ दिनको राष्ट्रिय विदा समेत कटौती गरेर संघीय सरकारले आदिवासी जनजातिको अपमान गरेको भन्दै २ नम्वर प्रदेशमा वसोवास गरेको २ लाख तामाङ समुदायले ल्होछार मान्ने भएको हुदा प्रदेश सरकारले विदा दिनुपर्ने दावी गरेको छ ।

नेपाल तामाङ घेदुङ प्रदेश नम्वर २ का अध्यक्ष डेनोक मोक्तनको नेतृत्वमा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरमा प्रदेश समितीका उपाध्यक्ष सरिता वल, यमलाल गोले, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङ, नेपाल तामाङ घेदुङ धनुषाका अध्यक्ष चन्द्र मोक्तान, निशा तामाङ, मनमाया तामाङ लगायतका प्रदेश नम्वर २ का ८ वटै जिल्लाका तामाङ अगुवाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com