वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन

एजेन्सी । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं भारतीय पूर्व विदेशमन्त्री सुष्मास्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण मंगलबार राति उनको निधन भएको भारतीय सञ्‍चारमाध्यमले जनाएका छन्।

उनलाइ अचानक हृदयघात भएपछि राति सवा १० बजे अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो। तर स्वास्थ्य खराबका कारण उनलाइ अस्पतालले बचाउन सकेन।

स्वराजका श्रीमान् र अन्य पारिवारिक सदस्यका साथै केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्‍य नितिन गडकरी, पियुष गोयललगायत एम्स अस्पतालमा पुगेका थिए।

उनको सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराज भारतीय राजनीति र समग्र देशको एक प्रेरक व्यक्तित्व भएको बताउँदै स्वराजले सम्पूर्ण जीवन नै राजनीति र सार्वजनिक सेवामा समर्पित गरेको भन्दै प्रसंशा गरेका छन् ।

Narendra Modi

@narendramodi

A glorious chapter in Indian politics comes to an end. India grieves the demise of a remarkable leader who devoted her life to public service and bettering lives of the poor. Sushma Swaraj Ji was one of her kind, who was a source of inspiration for crores of people.

27.4K people are talking about this
यसैबीच कंग्रेसले पनि राति नै ट्विट गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गरेको छ।

Congress

@INCIndia

We are saddened to hear about the untimely demise of Smt Sushma Swaraj. Our condolences to her family and loved ones.

View image on Twitter

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com