वर्तमान संविधान दशवर्ष पनि नटिक्ने आदिवासीका पुर्व अध्यक्ष लेखीको दावी

वृजमान तामाङ

विरेन्द्र वजार, २४ साउन । नेपाल आदिवासी जनजाति महासंघका पुर्व केन्द्रिय अध्यक्ष राज कुमार लेखीले वर्तमान संविधान यथास्थीतीमा दश वर्ष पनि नटिक्ने दावी गरेका छन ।

नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीद्धारा २५औं विश्व आदिवासी जनजाति दिवास र २० औं आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसको अवसरमा शुक्रवार सप्तरीको कठौनामा आयोजित लोकसेवा आयोगको असंवैधानिक ब्यवस्था र मिडीयामा समावेशी व्यवस्था विषयक अन्तरक्रिया कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो वताएका हुन ।

वर्तमान संविधान अधुरो र अपुरो रहेको प्रष्ट पार्दै कार्यक्रमका प्रमुख अतिथी लेखीले संविधानले ब्यवस्था गरेको अधिकारलाई खोस्दै जाने सरकारको प्रवृतीले संविधान कार्यान्वयनमा अशंका गरे । जनताको वलिदानीवाट प्राप्त उपलब्धी क्रमश सरकाले कटौती गरेको उल्लेख गर्दै यथास्थीतीमा संविधान वहिस्कार हुन सक्छ उनले भने संविधान संशोधन गरेर उत्पिीड समुदायको माँगमुद्धा संवोधन गर्न सरकार तयार नभए वर्तमान संविधान दशवर्ष समेत टिक्दैन ।

एक्ला एक्लै गरेको आन्दोलनले अधिकार पाउन असम्भव भएकोले सम्पुर्ण विभेद र उत्पीडनमा परेका समुदाय एकजुट भई आन्दोलन गर्नुपर्नेमा उनले जोड दिए ।

अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका कार्यवाहक अध्यक्ष मिना चौधरीले अधिकारका लागि संर्घषको विकल्प नरहेको वताईन । उनले सामाजिक न्याय र सम्मानताको लागि गाउँपालिकाले सधै सहयोग गर्ने प्रतिवद्धता जनाईन ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष वृजमान तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्वर २ का उपाध्यक्ष दिल कुमारी चौधरी, नेपाल तामाङ घेदुङका संघिय सदस्य भिम वहादुर घिसीङ, नेवाः देयः दवु प्रदेश नम्वर २ का संयोजक दक्ष नारायण श्रेष्ठ, अदिवासी जनजाति महसंघ सप्तरीका पुर्व अध्यक्ष यम वहादुर खपाङी मगर, जिल्ला प्रशिक्षक जवाहार लाल चौधरी, पत्रकार हेमशंकर सिंह, राजु विश्वकर्माले सवावेशी सिदान्त वारे धारण ब्यक्त गरे ।

यसैगरी राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सप्तरीका उपाध्यक्ष हिरा सिंह दनुवार, थारु कल्याणकारीणी सभा सप्तरीका उपसभापती लक्षमी चौधरी, समाजसेवी ईन्जिनियर सुर्यनारायण यादव, आदिवासी जनजाति महासंघका पुर्व सचिव उपेश सिंह दनुवार, आदिवासी जनजाति महसंघ शम्भुनाथका अध्यक्ष श्रीनारायण चौधरी, राजविराजका अध्यक्ष अनार कुमारी चौधरीले समेत मनतब्य ब्यक्त गरे ।

नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका सचिव खेमराज सिंह दनुवारले संचालन गरेको कार्यक्रममा स्वागत आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रिया सिंह थारुले गरिन ।

पहिचान सहितको संघीयता र स्ववयत्तताको लागि संविधान संशोधन हाम्रो साझा अभियान, २५औ विश्व आदिवासी दिवासको सन्र्दभमा समानुपातिक समावेशीका लागि हाम्रो आन्दोलन भन्ने मुल नाराको साथ आयोजित कार्यक्रममा विभिन्न जातिय संगठनका अध्यक्ष, पालिकाका अध्यक्ष, पत्रकार, आदिवासी जनजाति अभियान्तहरु उपस्थित कार्याक्रममा आरक्षण वचाऔ आन्दोलन कार्याक्रमको औचित्यता र आवशयता वारे महसंघका उपाध्यक्ष शिव नारायण थारुले कार्य पत्र प्रस्तुत गर्दै प्रकाश पारे ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com