विभिन्न पार्टी परित्याग गरी सयौको सङ्ख्यामा फोरममा प्रवेश

बृजमान तामाङ

विरेन्द्र वजार सप्तरी , ०३ माघ ।

सप्तरीको वलान—विहुल गाउँपालिकामा विहिवार विभिन्न पार्टी परित्याग गरी सयौ नेताकार्यकर्ता संघीय समाजवादी फोरम नेपाल प्रवेश गरेका छन ।

वलान—विहुल गाउँपालिका ५ स्थीत राम नगरमा आयोजित एक कार्यक्रमको वीच राजपा, नेकपा र कंग्रेस परित्याग गर्दै सयौको सङ्यामा फोरम नेपालमा प्रवेश गरेका हुन ।

संघीय समाजवादी फोरम नेपाल वलान—विहुल गाउँपालिकाका संयोजक संजीव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपका सक्रिय सदस्य शिवजी गुप्ता, नेपाली कंग्रेसका संजय गुप्ता, चन्द्र नारायण यादव, नेका निकट शिक्षक संघका विजुली रहमान ,नेकपाका प्रमोद मण्डल, रामविलास दासको नेतृत्वमा सयौ नेता कार्यकर्ता फोरममा प्रवेश गरेका छन ।

नवप्रवेशीहरुलाई संघीय समाजवादी फोरम नेपालका राजनैतिक समिती सदस्य एवम प्रदेश नम्वर २ का भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश नम्वर २ का प्रदेश साँसद अभिषेक यादव, फोरम नेपालका जिल्ला सदस्य तथा वलान—विहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गाईतले फूलमाला, अविर लगाएर र सदस्यता प्रदान गरी प्रवेश गराएको फोरम नेपाल वालान विहुलले जनाएको छ ।

कार्यक्रममा फोरम नेपाल सप्तरीका जिल्ला कोषध्यक्ष अरमेन्द्र कुमार यादव, जिल्ला सदस्य नमनित झा, वलान—विहुल गाउँपालिकाका उपाध्यक्ष रुवी गुप्ता लगायतका स्थानीय नेताहरुको समेत उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com