विरेन्द्र वजारमा वसको ठक्करवाट २२ वर्षिय मगरको मृत्यु

वृजमान तामाङ

विरेन्द्र वजार, ४ भदौ । पुर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको विरेन्द्र वजारमा मंलावार वसले साईकललाई ठक्कर दिदा एक २२ वार्षिय यूवाको मृत्यु भएको छ ।

पुर्ववाट पश्चिमतर्फ जादै गरेको ना ६ ख ९४७९ नम्वरको वसले ठक्कर हान्दा रुपनी गाउँपालिका वडा नम्वर ६ का विजय यसमाली मगरको मृत्यू भएको हो ।

पसलमा तरकारी किनेर घरतर्फ जाने क्रमम वेलुकी साढे ८ वजे मगरलाई वसले ठक्कर हानेको स्थानीयवासीले वताए । दुर्घटनामा घाईते मगरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरी उपचारको लागि अस्पताल पठाएको रुपनी गाउँपालिका वडा नम्वर ६ का अध्यक्ष गोविन्द सिंह थापाले जानकारी दिए । घाईते मगरलाई रायपुर स्थीत यूनिक अस्पतालमा प्रथामीक उपचार पछी थप उपचारका लागि विराटनगर लानेक्रममा वाटैमा ज्यान गएको वडा अध्यक्ष मगरले जनाए ।

मृतकको शव विराटनगर स्थीत न्यूरो अस्पालमा स्वास्थ्य परिक्षण पश्चात परिवारको जिम्मा लगाएको प्रहरीले वताएका छन । ठक्कर हान्ने वस र चालक ईलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com