विवाहको प्रलोभल देखाएर एक बालिकालाई सप्तरी ल्याएर बलात्कार गर्ने सिराहाका युवक पक्राउ

राजविराज । विवाहको प्रलोभल देखाएर एक बालिकालाई सप्तरी ल्याएर बलात्कार गर्ने सिराहाका एक युवक पक्राउ परेका छन् ।

उनलाई सिराहा प्रहरीले पक्राउ गरी सोमबार आवश्यक कार्वाहिका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीलाई जिम्मा लगाएको छ ।
पक्राउ पर्नेमा सिरहाको सिरहा नगरपालिका वडा नं. ६ बसबिट्टिका दिपेन्द्र मेहरा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरी प्रहरीले महरालाई पक्राउ गर्न पत्राचार गरेपछि वडा प्रहरी कार्यालय सरिहाको टोलिले उनलाई पक्राउ गरी सप्तरी प्रहरीको जिम्मा लगाएको हो ।

महरालाई नियन्त्रणमा लिएर सोमवार जिल्ला प्रहरी कार्यालय सप्तरी पठाएपछि सोमवारै महरामाथि म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महराले विहेको आस्वासन दिई १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । बालिकालाई ललाइफकाइ बिहेको आस्वासन दिएर राजविराज नगरपालिका स्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते महराले बलात्कार गरी फरार भएको भन्दै पीडित परिवारले दिएको उजुरीका आधारमा महरालाई पक्राउ गरिएको प्रहरीको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com