विविध कार्यक्रम गरी सप्तरीमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सप्तरी , १७ मंसिर ।
‘दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य’ मूल नारासहित मङ्सिर १७ गते २८ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी सप्तरीमा मनाइएको छ ।
सप्तरीमा प्रभातफेरी, प्रतिभा प्रदर्शन र सामाग्री वितरणलगायतका विविध कार्यक्रमको आयोजना गरी अपाङ्गता दिवस मनाइएको हो । राजविराजस्थित महादेव मन्दिरबाट सरू भएको प्रभातफेरी कार्यक्रम सगरमाथा अपाङ्ग कल्याण संघ, राजविराजको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो ।

संघको आयोजना एवम् लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति सप्तरीको संयोजनमा आयोजित कार्यक्रममा ५५ जना अपाङ्गता भएका व्यक्तिलाई कम्बल, स्टिलको थाल र गिलास वितरण गरिएको छ ।

संघका अध्यक्ष बलदेव मण्डलको अध्यक्षतामा एव् सहयोगी संस्था धर्मीहल्फा महिला विकास क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवको प्रमूख आतिथ्यतामा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, मूल समारोह समितिका तर्फबाट इन्सेक प्रतिनिधी मनोहर पोखरेल, सामदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, नेपाल पत्रकार महासंघका सहसचिव चन्दन यादव, बहिरा बालक स्कुलकी प्रधानाध्यापक निलम ढकाल, समग्र जनउत्थान केन्द्रकी लक्ष्मी परियारलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वक्ताहरुले विभेद र सामाजिक अवरोधहरूका कारण क्षमता हुदैहुदा पनि समाजको सक्रिय नागरिकका रूपमा जीवनका हरेक क्षेत्रमा सहभागी हुन नसक्ने अपाङ्गता भएका व्यक्तिहरूको अवस्थामा परिवर्तन ल्याउन राज्य अग्रसर हुनुपर्ने बताए । हात चल्नेले हात चलाएर, मस्तिष्क चल्नेले मस्तिष्कको उर्वरत्वबाट आर्थिक स्वावलम्बन प्राप्त गरी परिवार र समाजको बोझ होइन उदाहरणीय व्यक्ति बन्न अपाङ्ता भएका व्यक्तिहरुलाई वक्ताहरुले शुभकामना दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र नेपालले अनुमोदन गरेको राष्ट्रसङ्घीय विभिन्न प्रावधानकै सन्दर्भमा डिसेम्बर ३ लाई नेपालले महत्वका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउँदै आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com