विश्व स्तनपान दिवसको अवसरमा सुनौला हजार दिनका आमाहरुलाई पोषण झोला वितरण

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , साउन २२ गते । सप्तरीको कञ्चनरुप नगरपालिका नगर स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिले बिशिवार स्वास्थ्य शाखाको प्राङ्गणमा बहुक्षेत्रिय पोषण अन्तर्गत सुनौला हजार दिनका विपन्न , गरिब तथा दलित परिवारका आमाहरुलाई पोषण झोला (पोषण सामग्री) वितरण गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमारले हामी बच्चाको लागि काम गरिरहेका छौँ भन्छौँ तर त्यो व्यवहारमा लागु गरिरहेका हुदैनौं त्यसैले आफ्नो बच्चा र आमालाई सुनौला हजार दिनसम्म पोसिलो खानेकुराहरु खुवाई स्वास्थ्यमा विशेष ध्यान दिन जरुरी रहेको बताए ।
आफ्नो बाल बच्चालाई उच्च शिक्षा सम्म पढाएर मात्र बच्चाको लागि लगानी गरेको व्यवहारमा देखिन्छ नगर प्रमुखले भने ।
स्वास्थ्य शाखाका सिअहेव अधिकृत एवम् बहुक्षेत्रीय पोषण कार्यक्रमका फोकल पर्सन डम्बर गुप्ताले सुनौलो हजार दिनमा बच्चाको ८० प्रतिशत स्मरणशक्तिमा बृद्धि हुने भएकाले सो अवधिमा आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिई बढी मात्रामा पोषिलो खानेकुराहरु खुवाउनु पर्नेमा जोड दिए ।
स्वस्थ्य र सुन्दर संसार , स्तनपान एक मात्र आधार भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह २०७७ मनाउने क्रममा सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गरिएको स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादवले बताए ।
सो कार्यक्रममा नगर प्रवक्ता राजकुमार साह , वडा नम्बर ५ का वडा अध्यक्ष कैलाश कुमार साह , पशुपंक्षि विकास शाखाका दिवाकान्त चौधरी , कृषि विकाश शाखाका बेचन सढोक यादव , खानेपानी तथा सरसफाई शाखाका अशोक केसी , पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरी लगायतका वक्ताहरुले आमा र बच्चाको स्वास्थ्य , सरसफाइ र पोसिलो खानेकुराहरुमा विशेष रुपमा ध्यान दिए मात्र बच्चा र आमाको भविष्य राम्रो हुने बताए ।
पोषण झोला भित्र चामल १० केजी , आटा १ केजी , चना ४ सय ४५ ग्राम ,दाल १ केजी , भटमास ४ सय ४५ ग्राम , तरकारीको बीउ एक प्याकेट , साबुन १ थान , नुन एक प्याकेट , पोषिलो पिठो १ केजी , स्यानिटाइजर १ थान , बच्चाको पोर्ट १ थान , टुथ ब्रस , तुथ पेष्ट एक एक थान , तेल १.५ लिटर , अण्डा १ क्रेट , घ्यू १ लिटर , स्थानिटरी प्याड ५ प्याकेट , जानकारी मुलक लिफलेट ८ थान , हर्लिक्स ५ सय ग्राम , कपडाको पोषण झोला १ थान र थप रुपमा गर्भवतीलाई १ सय ८० चक्की क्याल्सियम चक्की हाली सुनौला हजार दिनका आमाहरुलाई वितरण गरिएको फोकल पर्सन गुप्ताले जानकारी गराए ।
प्रत्येृक वडा बाट विपन्न , गरिब तथा दलित ३० जना सुनौलो हजार दिनका आमाहरुलाई छनोट गरी १२ वटै वडाका ३ सय ६० जना सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गरिने स्वास्थ्य शाखाका यादवले बताए ।
आज बिहिवार १,२,३,५,६,७ वडाका सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गरिएको र शुक्रवार ९,११ र १२ वडाको रुपनगर स्वास्थ्य चौकीमा , शनिवार ४, ८ र १० नम्बर वडाको स्वास्थ्य शाखाको कार्यालयमा पोषण झोला वितरण गरिने स्वास्थ्य शाखाले जनाएको छ ।
सो कार्यक्रममा वडा नम्बर १ देखि १२ नम्बर वडाका वडाअध्यक्षहरु , सल्लाहकार , प्रेस सल्लाहकार , विषयगत शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो भने नगर प्रमुख बसन्त कुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com