शनीदेवको संरक्षण र प्रबर्द्धनमा सहयोग गर्ने कार्यबाहक मुख्यमन्त्री सोनालको प्रतिबद्धता

बृजमान तामाङ

बिरेन्द्र बजार,७ मंसिर । प्रदेश नम्बर २ का कार्यबाहक मुख्यमन्त्री जितेन्द्र सोनालले सप्तरीको रुपनी गाउँपालिकामा अबस्थित शनिदेवको संरक्षण र प्रबर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छ्न ।

धार्मिक भ्रमणमा शनिबार सप्तरी आएको सोनलले शनिदेवको दर्शन गर्दै सो प्रतिबद्धता व्यक्त गरेका हुन । धार्मिक आस्था भएकोले दर्शन गर्ने उदेश्यले आएको बताउदै प्रदेश नम्बर २ का भौतिक पुर्वधार बिकास मन्त्री समेत रहेका सोनालले शनिदेवको संरक्षण र प्रबर्द्धनमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश नम्बर २ को बिकास र समृद्धिको आधार धार्मिक पर्यटनको बिकास पनि हो, कार्यबाहक मुख्यमन्त्री सोनालले भने, सप्तरीको शनिदेव, कंकालिनी, छिन्नमस्ता, बाराको गढिमाई लगायतका एतिहासिक मन्दिरहरुलाई धार्मिक प्रर्यटकिय क्षेत्रको रुपमा बिकास गर्छौ । लाखौं जनताको आस्था र बिश्वास रहेको शनिदेवमा पहिलो पटक दर्शन गर्नु पाएकोमा खुशी हुदै उनले मन्दिरको उत्तरी क्षेत्रमा हुने भु- क्षय नियन्त्रणमा तत्कालै सहयोग गर्ने उद्घोष गरे।

शनिदेवको बिकासका लागि व्यापक प्रचारप्रसारको आबश्यक्ता रहेको भन्दै मन्त्री सोनालले धार्मिक प्रर्यटकिय क्षेत्रको रुपमा बिकासको प्रचुर संभावना रहेको शनिदेवको बिकासमा सबैले आ- आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

मन्त्री सोनालसंग शनिदेवको दर्शन गर्न रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, वडा नम्बर ६ का अध्यक्ष गोबिन्द सिंह थापा मगर, राष्ट्रिय जनता पार्टीका सहमाहासचिव गजेन्द्र मण्डल, केन्द्रिय सदस्यदोय उपेन्द्र साह, जिस्मुल खां, सप्तरी अध्यक्ष मण्डलका सदस्य सुनिल झा, युवा केन्द्रिय सदस्य कैलास लौगी, गैर सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी लगायतका ब्याक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com