शम्भुनाथ थारु कल्याण कारिणी सभाको प्रथम नगर अधिवेशन सम्पन्न

उत्सव आचार्य,

कञ्चनरुप सप्तरी, २५ जेठ ।
थारु कल्याण कारिणी सभा शम्भुनाथ नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । थाकस सप्तरीका कोषाध्यक्ष दिल कुमारी चौधरीको अध्यक्षतामा तथा शम्भुनाथ नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष शम्भु कुमार चौधरीको प्रमुख आतिथ्यमा शुक्रवार मावि रामपुर जमुवामा आयोजित एक समारोहका वीच नगर अधिवेशन सम्पन्न भएको हो । अधिवेशन उद्घाटन समारोहमा थाकसका पुर्व केन्द्रिय सदस्य कन्तलाल चौधरी, आदिवासी जनजाति महासंघ शम्भुनाथका अध्यक्ष श्रीनारायण चौधरी, थारु नेता दुर्गानन्द चौधरी लगायतकाले शुभकामाना मनतव्य व्यक्त गरेका थिए  । गोपाल प्रसाद चौधरीद्धारा संचालित कार्यक्रममा स्वागत मावि रामपुर जमुवाका प्रधानाध्यापक विजय चौधरीले गरेका  थिए । प नारायण चौधरीको अध्यक्षतामा १३ सदसिय नगर समिती गठन गरिएको छ । गठित समितीको उपाध्यक्षमा अनिता चौधरी, सचिवमा गोपाल प्रसाद चौधरी, सह सचिवमा राधा देवी चौधरी, कोषाध्यक्षमा ममता चौधरी सर्वसम्मत चयन भएका छन । यसै गरी समितीको सदस्यहरुमा ललिता चौधरी, समृष्टा चौधरी, घुर्नी देवी चौधरी, गया देवी चौधरी, सत्य नारायण चौधरी, श्रवण चौधरी, रेवतीकान्त चौधरी र सत्य नारायण चौधरी रहेका छन । यसैगरी सोही अधिवेशनवाट दुर्गानन्द चौधरी, सत्य नारायण चौधरी, शिवचरण चौधरी, शान्ति देवी चौधरी, शिव कुमार चौधरी र सिमृतलाल चौधरी समम्लित सल्लाहकार समिती समेत चयन गरीको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com