शिक्षकले गर्भवती पत्नीको हत्या गरेको माइती पक्षको आरोप

राजविराज ।

सप्तरीमा एक जना शिक्षकले आफ्नै गर्भवती श्रीमतिको हत्या गरेका छन् ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका १ कविलासा निवासी २८ बर्षीय अरबिन्द यादवले आफ्नै २५ बर्षीया श्रीमति कंचन यादवको हत्या गरेको माइती पक्षले बताएका छन् ।
माइतीबाट थप दाइजो ल्याउन कंचनलाई अरबिन्दले पटक–पटक मानसिक यातना दिदैं आएका थिए । श्रीमतिसँग सदरमुकाम राजविराजमा कोठा लिई बस्दै आएका अरबिन्दले एक साताअघि घर लगेका थिए ।
उनलाई घरमै झुण्डयाएर हत्या गरेको राजविराज १० घर भएका माइती पक्षको आरोप छ । मृत्यु भएकी कंचन चार महिनाको गर्भवती समेत थिइन् ।
बोदे बर्साइन नगरपालिकामा शिक्षण पेशा गर्दै आएका अरबिन्दले एक जना शिक्षिकासँगकै प्रेमका कारण कंचनको हत्या गरेको माइती पक्षले आरोप लगाएको छ ।
मृतक कंचनको शवलाई परीक्षणका लागि बि.पि.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको सप्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी भावेश रिमालले जानकारी दिए । उनले तत्कालै हत्या भन्न नसकिने बताउँदै उनले पोष्टमार्टमको रिपोर्ट आएपछि केहि भन्न सकिने बताए ।
प्रहरीले मृतक कंचनका श्रीमान् अरबिन्दलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । ‘हामीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं’ उनले भने ।

ग्रिन मधेस दैनिक 

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com