शिव शिष्य परिवार नेपाल हरिन्द्रानन्दनद्वारा रुपनगर चोकमा सरसफाइ

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , १३ माघ ।

“स्वच्छ नेपाल , सुन्दर नेपाल” नाराका साथ शिव शिष्य परिवार नेपाल हरिन्द्रानन्दन द्वारा आइतबार कञ्चनरूप नगरपालिका -१२ स्थित रहेको रुपनगर चोकमा सरसफाइ गरेका छन् । 

३०/४० जनाको समूहमा आएका शिवका शिष्यहरुले रुपनगर चोकमा सरसफाइ गरी स्वच्छ बनाएका छन् ।

***Advertisement

सरसफाइ गर्दै हितेश चौधरीले भने हामी शिव भगवानका शिष्य हौं भगवान् प्रति आस्था र भक्ति राख्नेहरुले समाजको सेवा गर्न पनि उत्तिकै आवश्यक छ र सोही अनुरुप हामीले रुपनगर चोकमा सरसफाइ गरी वातावरणलाई स्वच्छ बनाउने काम गरेका हौं ।

त्यसैगरी शिव शिष्य मनोज चौधरीले मानव भएर हामीले जहिले पनि मानव कल्याणको काम गर्नुपर्छ त्यसैमा भगवान पनि खुशी हुने र मानव भएर जन्मेको सार्थक ठहरिने बताए ।

उनलेे भने आफ्नो ठाउँको विकास आफैंले गर्ने हो अरु आएर गरिदीदैन् , त्यही भएर  हामीले रुपनगर चोकमा सरसफाइ गरेका हौं र यो कार्यलाई निरन्तरता दिने समेत बताए । 

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com