शुक्रबार ६ गते सुदूरपश्चिम प्रदेशमा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

शुक्रबार (भदौ ६ गते) का दिन सुदूरपश्चिम प्रदेशमा गौरा पर्वमा सार्वजनिक बिदा दिइने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति निकालेर ‘गौरा पर्व’को अवसरमा शुक्रबार सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमूदायमा गौरा पर्वका अवसरमा शुभकामना समेत व्यक्त गरेको छ ।

योसँगै गौरा पर्वको अवसरमा यही भदौ ६ गतेका दिन कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा दिइएको हो ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com