संस्कृतिसँग जोडिएको लिङ्गे पिङ गाउँघरमा लोप हुदै

उत्सव आचार्य
कञ्चनरुप सप्तरी , १८ असोज ।
नेपालीहरुको महान चाड बडा दशैं तथा दिपावली मा पहिले पहिले राखिने लिङ्गे पिङ हिजो आज लोप हुदै गएको छ ।
केही बर्ष अघिसम्म दशैँ तिहार जस्ता चाडमा प्राय गाउका टोलमा लिङगे पिङ हालिन्थ्यो तर पछिल्लो समय गाउँगाउँमा खेलिने लिङगे पिङको चलन विस्तारै हराउदै गएको समाजसेवी हुतराज रेग्मी बताउनुहुन्छ ।
गाउँमा युवा पुस्ताको अभावले महान चाड बडा दशैं तिहारमा निर्माण गरि खेल्ने लिङगे पिङको प्रचलन विस्तारै हराउँदै गएको छ ।

कञ्चनरुप नगरपालिकाका विभिन्न गाउँ घरका युवा देखि बुढापाका मिलेर जङ्गल तथा खेतबारीमा गई बाबियो ( साबे ) काटेर रातमा पिङ बनाउने डोरी बाटेर दिनमा बाँसको ४ ओटा लिङगा गाडी पिङ बनाउने गरिन्थ्यो ।
दशैंको सुरुवातदेखि हालेको पिङ तिहार सम्मै राखिन्थ्यो तर अहिले युवाहरु रोजगारीको सिलसिलामा गाउँबाट बाहिरी देशहरुमा जान थालेसँगै दशैंमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृती हराउँदै गएको वडा नं. १२ का वडा अध्यक्ष देवी बहादुर खत्री बताउनु हुन्छ ।
विशेष गरी युवा पुस्ताले लिंगे पिङ निर्माण गरेर खेल्ने र रमाईलो गर्ने चलन थियो र अहिलेको पुस्ताले यस्ता कुरा खासै चासो नदिने गरेका उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँ घरमा समेत मनोरञ्जनका अन्य साधनहरु प्रसस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको बुढापाकाहरु बताउछन ।
आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्नु आफ्नै दाइत्व रहेता पनि हिजोआज पहिचानको रुपमा रहेको लिंगे पिङ लोप हुन थालेको देख्दा दुख व्यक्त गर्छिन १२ नं. वडाका वडा सदस्य दिल कुमारी बि.क. । उनी भन्छिन पहिले पहिले साथी भाइ आफन्तहरु जमघट भई रमाइलो साथ लिंगे पिङ खेलिन्थ्यो तर हिजो हाजका युवा पिढिँ तथा हाउने सन्ततिले लिंगे पिङको ईतिहास विर्सिने हवस्था आएको देख्दा आफूलाई चिन्ता लाग्न थालेको छ ।

युवाहरु रोजगारीको लागि प्राय खाडी मुलुकमा गएका छन । युवाहरु विदेशिएका कारण पिङ बनाउने जनशक्तिको अभाव समेत बढदै गएको र पिङ बनाउनको लागि बाबियो काटेर ल्याउने, लठारो बाटन र ४ वटा बास गाडन कम्तिमा ८ — १० जना आवश्यक पर्दछ ।

तन्नेरी ठिटा र ठिटी समेत पिङ खेल्ने रमाइलो गर्ने प्रचलन थियो तर गाउँघरमा रहेका युवाहरु रोजगारीका लागि विदेश जानु र बाँकि रहेका युवाहरु पनि फेसबुक र जुँवा तासमा व्यस्त हुनाले पनि लिङगे पिङको संस्कृति लोप हुदै गएको स्थानियहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com