सडक दुर्घटनामा एक यूवाको घटना स्थलमै मृत्यु

वृजमान तामाङ

विरेन्द्र वजार सप्तरी , ६ असार । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्वर १ मा शुक्रवार सडक दुर्घटनामा परी एक २५ वर्षिय यूवाको घटना स्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा झापा वुधवारे १ का प्रतिक ढुङगेलको मृत्यू भएको हो ।

पूर्ववाट पश्चिम तर्फ जादै गरेको ९९७८ नम्वरको ढुङ्गेलले चलाएको मोटर साईकलले सोहि दिशावाट जाँदै गरेको ठेलालाई पछाडीवाट ठक्कर दिई अनियन्त्रित भई विपरित दिशावाट आउदै गरेको ना १ क ७९२८ नम्वरको ट्रकमा ठोकिदा उनको मृत्यू भएको प्रहरीले जनाएको छ । ढुङ्गेलको सवलाई परिक्षणका लागि गजेन्द्र नारायण अस्पताल राजविराज पठाएको तथा ट्रक र चालक ईलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com