सडक दुर्घटना एकजनाको घटना स्थलमै मृत्यु

बृजमान तामाङ÷विरेन्द्र वजार, १८ फागुन । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको अग्नीसाईर कृष्णासवन गाउँपालिका वडा नम्वर ६ स्थीत महुलीमा शुक्रवार सडक दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ । दुर्घटनामा सप्तरीको वोदेवर्सान नगरपालिका वडा नम्वर १ वस्ने वर्ष ३९ की कपुर देवी मण्डलको घटना स्थलमै मृत्यु भएको हो । पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको मृतकका पती दुर्गानन्द मण्डलले चलाएको को ५ प १६८७ नम्वरको मोटरसाईल अनियन्त्रित भई ना ६ प १३१७ नम्वरको ट्रकमा ठोकिदा मण्डलको घटना स्थलमै मृत्यू भएको प्रहरीले जाएको छ । महुली वजारमा खानाखान भनी रोक्नको लागी पछाडी सर्दै गरेको ट्रकमा एक्कासी ठोकिदा मोटरसाईकलको पछाडी सवार मण्डललाई ट्रकको टायरले किल्चेको ईलाका प्रहरी कार्यालय महुलीले जाएको छ । मोटरसाईकल चालक मृतकका पती र छोरा चित्त नारायण मण्डललाई समेत सामन्य चोटपटक लागेको तथा उनीहरुको उपचारपछी घर पठाएको ईलाका प्रहरी कार्यालय महुलीका ईन्चार्ज प्रहरी नायव निरिक्षक रामवावु यादवले जानकारी दिए । दुर्घटनामा परेका ट्रक र चालकलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय कन्चनपुर पठाएको र मोटरसाईकल ईलाका प्रहरी कार्यालय महुलीमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com