सप्तकोशी नगरपालिकामा कालाबजारी नियन्त्रणको लागि अनुगमन

दिपेन्द्र प्रसाद यादव
फत्तेपुर , ५ बैसाख । सप्तरीको सप्तकोशी नगरपालिकाले लकडाउन प्रभावित नगरबासीलाई अति आवश्यक खाद्यान्न एवम् औषधि सुलभ दररेटमा उपलब्ध गराई कालाबजारी रोक्नका लागि अनुगमन थालेको छ।
यस नगरपालिकाको नगर उप- प्रमुख आशा कुमारी चौधरीको नेतृत्वमा खटेको टोलीले आज सप्तकोशी नगरपालिकाको वडा नं.-४स्थित बलार्दह चौकका विभिन्न पसलहरुमा अनुगमनको क्रममा सुलभ दररेटमा सामानहरु बिक्री वितरण गर्न सुझाव दिनुभयो।

मौकामा चौका हान्न खोज्ने कुनै पनि व्यापारी वा पसलेले निर्धारित मुल्य भन्दा बढी रकम लिई कालाबजारी गरेमा त्यस्तालाई तुरुन्त कार्बाही गर्ने चेतावनी समेत नगर उप-प्रमुख आशा कुमारी चौधरीले दिनुभयो।

उक्त टोलीमा विपद व्यवस्थापन समितिका नगर सदस्य रामकुमार यादव, सशस्त्र प्रहरी बेस कैम्प फत्तेपुरको प्रतिनिधिहरु, स्थानीय पत्रकार एवम् जनप्रतिनिधिहरुको सहभागिता थियो।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com