सप्तकोशी नदिमा सुसाईड नोट लेखेर एक जनाले गरे आत्महत्या

सुनसरी , १७ असोज ।

सरकारी कर्मचारीले सुसाईड नोट लेखेर सप्तकाेशीमा हाम फाले छन् ।

विराटनगर महानगरपालिका- ५ जामुनगाछीका राजेशकुमार शाहले सुसाईड नोट लेखेर सप्तकोशीमा हाम फालेका हाे ।

प्रदेश नम्बर १ काे कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका कर्मचारी समेत रहेका शाहले सुसाईड नोट लेखेर सप्तकोशीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

कोशी ब्यारेज पुलको १६ नम्बर ढोकामा को २२ प ६९६५ नम्बरको मोटरसाईकमा परिचय पत्र र सुसाईट नोट छोडेर शाहले आत्महत्या गरेका हुन ।धेरै बेर सम्म कोशी ब्यारेजको पुलमा मोटरसाईकल देखे पछि प्रहरीले खोजि गरेको थियो । सुसाईड नोटमा मेरो मृत्युको कारण अरुनै हो भनेर लेखिएको भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले बताए ।

हामीले घट्नालाई अनुसन्धान गर्न कोशी ब्यारेजको सिसि टिभि भुटेज हेर्दा १६ नम्बर ढोकाको दक्षिणबाट हाम फालिएको देखिएको बताए ।

प्रहरीले खोजतलास गर्दा शाहको शब घोप्टो परेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । शवको पोष्टमाटमको लागि जिल्ला असपताल सुनसरी लगिएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com