सप्तकोसी नगरपालिकाद्वारा ज्यालादारी मजदुरहरुको तथ्यांक संकलन

खगेन्द्र कार्की

फत्तेपुर, सप्तरीको सप्तकोसी नगरपालिकाले अति विपन्न नागरिक परिवारको घर परिवार संख्यासहितको तथ्यांक विवरण संकलन गर्ने भएको छ ।

लकडाउनका कारण सर्वसाधारण नगरवासीमा समस्या हुने भन्दै विवरण माग गरिएको हो ।

दैनिक ज्यालादारीमा जीवीकोपार्जण गर्ने मजदुरहरु हुन सक्ने समस्यालाई हल गर्नको निम्ति वडाध्यक्षहरु मार्फत विवरण संकलन गरी नगरपालिकामा पेश गर्न नगर प्रमुख उत्तम कुमार शर्माले विहिबार सूचनासहितको पत्रचारसमेत गरिसको बताए ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहको कोरोना भाईरसका कारण सरकारद्धारा लागू गरिएको लकडाउनका कारण विपन्न वर्गका नागरिकहरुमा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै नगरप्रमुख शर्मा ले आगामी १६ गते सम्म आ–आफ्नो वडाको विवरण उपलब्ध गराउन ११ वटै वडाका वडाध्यक्षहरुलाई पत्रचार गरिसको छ।

नोभेल कोरोना भाइरस बाट बच्ने उपाय सम्बन्धि सप्तकोसी नगरपालिका वडा कार्यलय प्रहरी शशस्त्र प्रहरिलगायत सम्वन्धित सबै सरोकारवालाहरु रातदिन जनचेतना अभियानमा खटिरहेका छन् । नगर क्षेत्रका बजार लगायत मुख्य चोकहरुसमेत सुनसान छ भने पूर्णरुपमा लकडाउनको पालना भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका भित्र छिमेकी मुलुक भारत लगायत अन्य बिदेशी मुलुक बाट आउने मानिस हरु का लागी सप्तकोसी नगरपालिका को वडा न २ को गो बै ज माबी मा २१ वटा बेड र वडा न १० को जनता मा बी भगनी मलेट मा २१ बेड को क्वारेन्टाइन निर्माण गरिएको छ । सप्तकोसी नगरपालिका मा अहिले सम्म क्वारेन्टाइन मा बस्ने मान्छे फेला नपरेको स्वास्थ्य शाखा प्रमुख महेश चौधरी ले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com