फत्तेपुर:-सप्तरीको सप्तकोसी नगरपालिका मा आइतबार देखि प्रधानमन्त्री रोजगार कार्यक्रम को सुभारम्भ भएको छ।
कामको लागी पारिश्रमिक मा आधारित योजनसंग सम्बन्धित एक दिने अभिमुखिकरण कार्यक्रम गरि प्रधानमन्त्री रोजगार कार्यक्रम को शुरु गरिएको छ।सप्तकोसी नगरपालिका को वडा न १ फत्तेपुर मा सरसफाइ बाट सुरु भएको कार्यक्रम का सहभागीहरुले सोमबारदेखि नगर क्षेत्रमा रहेका सडक ,कृषि ,सिचाइ ,ग्रामिण खानेपानी,शिक्षा ,वन,पर्यटन क्षेत्र तथा समाजिक बिकासको काममा सहयोग पुर्याउने नगर प्रमुकउत्तम कुमार शर्मा ले बताए ।
आ ब २०७५/०७६ को २६ लाख बजेट मा सुरु गरिने कार्यक्रम मा प्रत्येक वडा का कामदार को सहभागीता हुने गरि एक सय एक जना कामदार छनौट गरिएको प्रमुख शर्मा ले बताए ।वडाले खटाएको काममा दैनिक ८ घन्टाका काम गरि दिनको छ सयका दर ले ज्यालादारी मा काम लगाइने भएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम का लागि एघारै वडा बाट करिब १३ सय बेरोजगार हरुले फाराम भरेका थिए। छनौट भएका कामदार मासिक २५ दिन रोजगार पाउने सप्तकोसी रोजगार प्रबर्द्धन केन्द्र का प्रमुख शैलेन्द्र गुप्ता ले बताए ।

सप्तकोसी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम को शुभारम्भ
तपाईको प्रतिक्रिया