सप्तरीका युवा प्रतिक सानै उमेरमा गायन क्षेत्रमा नाम कमाउन सफल

उत्सव आचार्य

कञ्चनरुप सप्तरी , २ मंसिर ।

सप्तरीका एक युवा सानै उमेरमा गायन क्षेत्रमा नाम कमाउन सफल भएका छन् ।

सप्तरीको राजविराजमा पिता प्रमोद अधिकारी र माता मन्जु कुमारी वाग्ले ( अधिकारी ) को कोखबाट २०५५ साल कार्तिक १७ गते जन्मेका प्रतिक अधिकारी सानै उमेरदेखि कविता वाचनमा रुचि राख्न थाले ।

प्रतिक सालीन तथा तृष्ण दिमागको रुपमा परिचित गराउँदै आफ्नो बौद्धिकताको विकास गर्ने क्रममा कक्षा ५ मा पढ्दादेखि नै कविता लेख्न थाले । कक्षा ७ मा अध्ययन गर्ने क्रममा “आमाको ममता ” विषयमा र्याप लेख्न थालेका उनले गायक शेखर वाग्लेको र्याप ” धनी बाउको एक्लो छोरो ” भन्ने गीत सुनेर उनी प्रभावित भएको कुरा सुनाउँछन् ।

नेपालका चर्चित र्यापर गिरिस खतिवडा , स्वर्गीय यम बुद्ध र Brisk Timos लाई आफ्नो आइडल मान्ने उनी आजभोलि स्टेज शोहरुमा समेत देखापर्न थालेका छन् । अौधोगिक शान्ति नेपाल नामक संस्थाले आयोजना गरेको दोस्रो किर्तीपुर महोत्सवबाट पहिलो स्टेजको रुपमा चढेका उनी चर्चित गायक रवी रिमालको साथ र मायाले आज विभिन्न अन्य कार्यक्रममा पनि साथै देखिन थालेका छन् । एकदुई वटा गीतमा र्याप गर्न शुरु गरेका उनले यस क्षेत्रमा राम्रै गर्न सक्छु भन्ने विश्वास लिएका छन् र आफूलाई चर्चित गायकका रुपमा चिनाउन थालेका छन् ।

उनको र्याप म त सुपर ग्लु


तपाईको प्रतिक्रिया

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com