सप्तरीकि २६ वर्षीया सुनिताको भएन् शारीरिक विकास

२८ चैत, सप्तरी ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका–५ का दीपक साहको छोरी सुनिताको उमेर २६ वर्ष पुग्यो । उमेर २६ वर्ष पुगे पनि उनी ५ वर्षकी जस्तो देखिन्छिन् ।

शारीरिक रुपमा पुड्को रहेकी सुनिता अरुले बोलेको बुझ्छिन् । तर बोली भने प्रष्ट छैन ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत अन्य कुनै कारण नभई कुपोषितका कारण शारीरिक विकास नभएको हुन सक्ने बताउँछन् । यद्यपि, उनले यसको कारण आफूले पनि खोज्ने बताए ।

सुनिता गरीब परिवारमा जन्मिएकी हुन् । उनका पिता राजु गाउँभन्दा बाहिर सिलौटे कद्ने काम गर्छन् भने आमा हीरा तयार भएको सिलौटो टाउकोमा राखेर बिक्री गर्दै हिँड्छिन् ।

स्थानीय दलितका अगुवा बौवालाल शर्माले शुरुदेखि नै यी बालिका जस्ताको त्यस्तै रहेको सुनाए ।

Source: Onlinekhabar

तपाईको प्रतिक्रिया

About the Author

Team KR News