सप्तरीको कंचनपुरमा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न

उत्सव आचार्य

कञ्चनरूप सप्तरी , २२ कार्तिक ।

कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखा कंचनपुर सप्तरीको आयोजनामा तथा नोबेल अस्पताल विराटनगर मोरङको सहयोगमा शुक्रबार सर्वोदय माध्यमिक विद्यालय कंचनपुरमा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मानिस स्वस्थ रहेमात्र उसले राम्रोसँग उन्नति प्रगति गर्ने भएकालेे खानपिनमा बिचार गरी स्वस्थ रहन सबैलाई आग्रह गरे ।

प्रदेश नम्बर २ को स्वास्थ्यको रेकर्डमा कञ्चनरूप नगरपालिका एक नम्बरमा परेकोले अझ स्वास्थ्य क्षेत्रमा राम्रो सुधार गरी अगाडि बढ्ने बताउदै नकारात्मक सोचले राम्रो काम गर्नेलाई कहिले पनि छेक्न नसक्ने र सकारात्मक सोच र बिचार राम्रो भएमा त्यस ठाउँको प्रगति राम्रो हुने बताए ।

नोबेल अस्पतालका प्रबन्धक नारायण प्रसाद दाहालले कञ्चनरूप नगरपालिकाले राम्रो काम गरेको र स्वास्थ्य क्षेत्रमा उल्लेख्य मात्रामा सुधार भएको थाहा पाएर बृहत स्वास्थ्य शिविरमा सहयोग गरेको बताउदै मुस्कान सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्यकर्मीहरुको प्रमुख दायित्व रहेको बताए ।

उपप्रमुख निरु पोखरेल, नगर प्रवक्ता राजकुमार साह , प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल , जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव , नोबेल अस्पतालका मार्केटिङ अफिसर भरत प्रसाद साह , लेखा अधिकृत राजेश राज , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव , सल्लाहकार खिलानाथ पोखरेल लगायतका वक्ताहरूले स्वास्थ्य क्षेत्रको सुधार तथा विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए ।

शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग , न्यूरो सर्जरी , प्रसुति तथा स्त्री रोग , बाल रोग , मानसिक तथा नशा रोग , हाडजोर्नी तथा नशा रोग , छाला तथा यौन रोग , नाक कान घाटी , आँखा परीक्षण तथा उपचार , दन्त का बिरामीहरुको नोबेल अस्पतालका विशेषज्ञ डाक्टरहरु सुरेन्द्र प्रसाद साह , अमर कुमार यादव , नविन कुमार यादव , सुनिल सिंह , प्राज्मी श्रेष्ठ , सन्तोष दास , सुरज तिवारी , क्षितिज घिमिरे , मो. साकिर राइन , गुलसन झा , जहेन्द्र साह , दिपक चौधरी , कुमुद कुमार झा , कुन्दन यादव , अलिसा ठकुरी , प्रिति बस्ती , निकिता थापा , लिला प्रसाद गौतम , झलनाथ पोखरेल , इदरसा राई र स्टाफ नर्सहरु विद्या तिमिल्सिना , अवना दाहाल , स्मृति गुरुङ , बिष्णु बस्नेतले बिरामीहरुको उपचार गरेको र अौषधी , भिडियो एक्सरे , ल्याब सेवा र ईसिजि सेवा समेत निशुल्क रुपमा प्रदान गरिएको स्वास्थ्य शाखाका सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ताले बताए ।

शिविरमा ५ सय ५७ जना पुरुष , ६ सय ९४ जना महिलाले स्वास्थ्य जाँच गरी स्वास्थ्य लाभ लिएको ( जम्मा १ हजार २ सय ५१ जनाले उपचार गरेको ) , १ सय ५ जनाले भिडियो एक्सरे गरेको , ३ सय ५० जनाले ईसिजि गरेको र ७५ जनाले ल्याब परीक्षण गरेको स्वास्थ्य शाखाले जनाएको छ ।

कार्यक्रमको उदेश्यका बारेमा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले जानकारी गराएका थिए भने नगर प्रमुख बसन्त कुमारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

About the Author

KR NEWS

उहाँ KR News Portal (केआर समाचार पोर्टल)मा सम्पादक-इन-चीफ हुनुहुन्छ। उहाँ लाई संपर्क गर्नलाई र तपाईंको कुनै पनि लेख प्रकाशित गर्नलाई इमेल गर्नुहोस।
Email: krnewsportal@gmail.com